एनआरएनप्रबासविजनेशसमाचारसूचना प्रबधि

यतिले डिसेम्बर ९ मा अधिवेसन गर्ने, त्रिपाठीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

लण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपाली एशोसिएसनको अधिवेसन आउंदो डिसेम्बरमा हुने भएको छ ।

डिसेम्बर महिनाको ९ तारिख लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा अधिवेसन तय भएको छ । अधिवेसनले संस्थाको नयां नेतृत्व चयन गर्नेछ ।

एशोसिएसनका महासचिव बाचस्पति रेग्मीका अनुसार हालै सम्पन्न संस्थाको कार्यसमिति बैठकले नयां नेतृत्व चयनको लागि एक निर्वाचन समिति पनि गठन गर्ने निर्णय गरेको छ ।

एनआरएन यूकेका महासचिव आरके त्रिपाठीको संयोजकत्वमा गठित निर्वाचन समितिमा पत्रकार सिद्धार्थविक्रम क्षेत्री सदस्य छन् । अर्को एक सदस्य समितिका संयोजकले पछि थप गर्ने बताइएको छ ।

निर्वाचन समिति संयोजक त्रिपाठीले संस्थाको कार्यसमितिसंगको परामर्शमा बिस्तृत निर्वाचन कार्यतालिका प्रकाशित गरिने बताए । निर्वाचन प्रक्रियामा भाग लिन सबै सदस्यहरुलाई सदस्यता नविकरण गर्न तथा नयां सदस्यता लिन त्रिपाठीले आव्हान गरेका छन् ।

यसैबीच यति नेपाली एशोसिएसनले आउंदो नोभेम्बर १७ मा लण्डनमा एक च्यारिटी कार्यक्रम गर्दैछ । नेपालमा अनाथहरुको सेवामा समर्पित मानव जीवन संरक्षण मञ्च नामक एक संस्थाको सहयोगार्थ नोभेम्बर १७ मा उक्त कार्यक्रम गरिन लागेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा रहने कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी विशेष अतिथि रहनेछन् ।

च्यारिटी कार्यक्रमको लागि पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा ध्रुव केसी संयोजक तथा योग कुमार फगामी, राजकुमार त्रिपाठी, चित्रबहादुर गुरु, राजु थापा, सिद्धार्थविक्रम क्षेत्री, शशीधर नेपाल, बाचस्पति रेग्मी, आरती श्रेष्ठ लगायत सम्मिलित एक यती च्यारीटी तयारी समिति  गठन गरेर तयारी अगाडि बढाइएको छ ।

आगामी १७ नोभेम्वर २०१८ का दिन हुने च्यारीटी कार्यक्रमलाई सहयोग गर्न र ९ डिसेम्वरमा हुने अधिवेसनमा सहभागी हुन तथा सदस्यता लिन एशोसिएसनले बेलायतबासी नेपालीहरुमा आव्हान गरेको छ ।

Comment here