एनआरएनप्रबाससमाचार

‘गैर आवासीय नेपाली नागरिकता’ सम्बन्धमा यस्तो छ ,महासचिव आर.के. त्रिपाठीको धारणा

लण्डन । गैरआवासीय नेपाली नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदको संसदीय समितिले सर्वसम्मतले पारित गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेपछि विभिन्न तह तप्काबाट विभिन्न खालका टिप्पणी शूरु भएका छन् । समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै सो संसोधन प्रस्ताव पारित गरेको हो । संसोधन प्रस्तावको दफा ७ क देखी ङ सम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषय बस्तु माथि छलफल गरेर टुंगो लगाएको हो । यो प्रस्ताव पारित भएसँगै एनआरएनएले भने स्वागत गरेका छन् । त्यस्तै गैरआवासीय नेपाली संघ यूके महासचिव आर के त्रिपाठीले पनि आफनो धारणा सार्वजनीक गरेका छन् ।

यस्तो छ आरके त्रिपाठीको धारणा ;

अन्तत लामो अभियान भनौं वा संघर्ष भनौं जे नाम दिए पनि गैर आवासीय नेपाली नागरीकता नेपालको संसद्‌को राज्य व्यवस्था समितीबाट सर्वसम्मत पारित भएको छ । आजै देखी गैर आवासीय नेपालीमा नयाँ खुशी जोस जाँगर उत्साह र नेपाली उमङ्ग भरिएको छ । गैर आवासीय नेपाली नागरिकताको प्राप्तीको लागी लामो समय देखी पर्खाइमा थियो। यो सजिलो सँग प्राप्त भएको होईन। लामो लविङ्ग मार्फत ज्ञापनपत्र राजनैतिक लबी कन्फरेन्स विचार विमर्श मार्फत नेपालको संविधानमा लेख्न सफल भइएको हो। प्राप्ती गैर आवासीय नेपाली संघको इतिहासमा ठूलो उपलब्धी हो।

यो प्राप्ती गर्न ठूलो पहाड फोर्नु पर्‍यो। ठूलो मेहनत गर्न पर्‍यो त्यो गैर आवासीय नेपाली नागरीकता प्राप्तीको लागी र गैर आवासीय नेपाली नागरीकता प्राप्त गर्न अथक प्रयास गर्नु हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट उपाध्यक्ष द्धय कुल आचार्य र कुमार पन्त ज्यू एवं पदाधिकारीहरु पूर्व अध्यक्षहरु उपेन्द्र महतो, देब मान हिराचन, जिवा लामिछाने, शेष घले ज्यू गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष आदरणीय योग कुमार फगामी ज्यू लगायत कार्य समितीका साथीहरू प्रमुख संरक्षक डमर घले ज्यू, संरक्षक परिषद्का सदस्यहरु महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, सूर्य गुरुङ्ग, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कडेल, मुक्षेत्र गुरुङ्ग, पूर्व कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु सल्लाहकार ज्यूहरु, संघसंस्थाका प्रतिनिधीहरु राजनैतिक पार्टीका नेतृत्व गर्ने अग्रजहरूहरुलाई ऐकेबद्धताको लागी नमन गर्न चाहन्छु ।

विशेष गरी एनआरएन आइसिसीबाट अथक प्रयास गरी तिब्र लबि गर्नु हुने उपाध्यक्ष कुल आचार्य ज्यू र नागरीकता विभाग संयोजक राम प्रताप थापा ज्यू हरु प्रति विशेष नमन, र गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्ष योग कुमार फगामीको विशेष नेतृत्व एवं प्रमुख संरक्षक डमर घले ज्यू को संयोजकत्वमा बेलायत बाट यो नागरिकता प्राप्तीको लागी विगत केहि महिना अगाडी नेपाल गई तिब्र राजनैतिक लबी गरी माहौल सकारात्मक बनाउनु भएकोमा हार्दिक नमन र नेपाल सरकारका प्रधान मत्री मन्त्रीहरू संघिय संसद्‌का माननीय सदस्यहरु नेपाल सरकारका अधिकारीहरु राज नैतिक पार्टी एवं अध्यक्ष सभापति ज्यू हरु एवं शिर्ष नेतृत्वहरू माननीय मन्त्री ज्यू हरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । विषयगत समिती बाट सर्व सम्मतीले पारित विधेयक अब संघिय सभाको फुल हाउसमा केहि दिन निर्णयार्थ प्रस्तुत भई पारीत भए पस्चात नेपालको राष्ट्रपति बाट प्रमाणीकरण भए पश्चात ऐनमा परिणत हुने छ ।सोहि दिन संसारभर रहेका गैर आवारीप नेपाली हरु बाट दिपावली हुने अवस्था छ।केही अधिकार छुटेको छ। प्राप्त हुन गई रहेको व्यवस्था लाई ग्रहण गरी सुरक्षित गर्दै बाँकी अस्पष्ट भएका एजेन्डाहरू फेरि माग गर्नु पर्दछ।आज विषयगत समिती बाट सर्बसम्मत भएको व्यवस्थाले करिब पन्चनब्बे प्रतिसत मागहरू संबोधन गर्ने छ।

यो नागरीकता प्राप्त भए प्रस्चात हाल भएको गैर आवासीय नेपाली कार्ड निकट भविष्यमा विस्थापीत भई गैर आवासीय नेपाली नागरीकताले स्थान पाउनेछ।गैरआवासीय नेपाली नागीकता लिए पश्चात भविष्यमा गैर आवासीय नेपाली राहदानीको समेत व्यवस्था हुने छ र यो राहदानी लिन कुनै संविधान संसोधन गर्नु पर्दैन।यो गैर आवासीय राहदानी नैसर्गीक रुपमा पाउने अधिकार हो।हाल व्यवस्था गरिएको निलो पूर्जा को व्यवस्था पनि स्वत विस्थापित हुने छ।जहाँ सम्म राजनैतिक अधिकार को व्यवस्थाको कुरा छ यो पनि भविष्यमा मिल्ने भए माग गरौंला।यस अघि नै नेपालको सर्वोच्च अदालतले गैर आवासीय नेपाली लाई मतदान गर्न पाउने व्यवस्था गर्न आदेश जारी गरिसकेको छ। विस्तारै भविष्यमा राजनैतिक अधिकारका बाटाहरू पनि खुल्दै जानेछन ।

गैर आवाशीय नेपाली नागरीकता लिई गैर आवाशीय राहदानी लिए पछि विदेश बाट नेपाल प्रवेश गर्दा लाग्ने दस्तुर पनि स्वत हट्नेछ।जहाँ सम्म नेपालमा संपति राख्न पाउने व्यवस्था यसले पूर्ण रूपमा ग्यारेन्टी गरेको छ।विदेशी नागरिकता वा पासपोर्ट लिएका व्यक्तिले नेपाल जाने वित्तिकै विदेशी नागरिकता पासपोर्ट देखाई गृह मन्त्रालय अन्तर्गतको संवन्धित निकायमा निवेदन दिएमा नागरिकता त्याग गरेको प्रमाण पत्र स्वत जारी गर्नेछ । यहि प्रमाणको आधारमा गैर आवासीय नेपाली नगारिकता गृह मन्त्रालय अन्तर्गको संबन्धी विभागबार जारी हुनेछ।

भविष्यमा हाल लाई गृह प्रसासन बाट गैर आवासीय नेपाली नागरिकता दिने गरी गरिएको व्यवस्था लाई कुटनैतिक नियोग वा दुताबास बाट दिने गरी व्यवस्था गर्न थप माग गरौंला रअझ सजिलो गरी भन्ने हो भने मेरो बुबा ले नेपाली नागरीक भएर नेपालमा जे अधिकार लिएका छन् मैले विदेशमा बसेर पनि नेपालको लागी राजनैतिक बाहेका मेरो बुबाले प्राप्त गरेका अधिकार बराबर कै अधिकार मैले पनि प्राप्त गर्नेछु।जुन अधिकार भनेको सामाजीक आर्थीक एवं सांस्कृतिक अधिकार हो।जुन आज नेपाल को संघिय सभाको राज्य व्यवस्था समितीमा छलफल भई सर्व सम्मत भएको छ।तसर्थ मैले त आजै घरमा दिपावली गरे।तपाई पनि सबैलाई धन्यवाद दिदै यस प्राप्तीको आदोलनमा आवाज उठाउने सवैमा धन्यवाद दिनुहोस्।

संक्षिप्तमा आज राज्य व्यवस्था समितीमा के भयो तपाईको जानाकारी को लार्गी राख्दै कुल आचार्य,राम प्रताप थापा डमर घले योग कुमार फगामी बौद्धिक लेखक शिब जी श्रेष्ठ र जर्मनी का पुष्प थापा एवं विश्व आदर्श पण्डीत राम शरण सिंखडा संयुक्त राज्य अमेरीकाका अध्यक्ष केशब पौडेल सोनाम लामा जर्मनी का दिल गुरुङ्ग वेल्जियम का युवराज गुरुङ्ग सोलिसिटर राजु थापा डेनमार्क का यम लाल सुवेदी पोर्चु गल का पूर्ण हमाल आयरल्याण्डका गणेश प्रसाई नब राज कोइराला शुक्र राज शर्मा स्पेनका चिन्ता मणी सापकोटा एक राज गिरी सुरेन्द्र प्रसाद श्रेष्ठ गोविन्द बेल्वासे थर्क सेन हरूले यो प्राप्ती को लागी विशेष मेहेनत गरेको क्षण को जति मुक्त कण्ठा ले धन्यवाद दिए पनि अपुग नै हुन्छ। हजारौ एन आर एन नेता नेतृत्व नेपाल सरकार संघिय संसद संपूर्ण राजनैतिकपार्टी एवं शिर्ष नेतृत्व लाई फेरी विशेष धन्यबाद। आज पारित भएको संसोधित विधानमा संसोधन हाली सहयोग गर्ने माननीय डा। सूर्य पाठक कृष्ण भक्त पोखरेल सुभाष नेवाङ्ग गगन थापा राधेश्याम अधिकारी कानुन मन्त्री गृह मन्त्रीविशेष धन्यवाद का पात्र हुनुहुन्छ ।विशेष गरी ने का पार्टीका नेता पूर्व प्रधान मन्त्री स्व शुशील कोइराला को योग दान पनि यस प्राप्तीको लागी सदैब इतिहाँस मा स्वर्ण अक्षरले पुकार गरिने छ। अन्तत लामो अभियान भनौं वा संघर्ष भनौं जे नाम दिए पनि गैर आवासीय नेपाली नागरीकता नेपालको संसद्‌को राज्य व्यवस्था समिती बाट सर्व संमत्‌ले पारीत भएको छ।

सोहि दिन संसारभर रहेका गैर आगैर आवा एनआरएन नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदीय समितिमा सर्वसम्मतले पारित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली ९एनआरएनए० ले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै सो संसोधन प्रस्ताव पारित गरेको हो ।

गैरआवासिय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयक मस्यौदामा राजनीतिक अधिकारबाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो । तर सो शब्दावलीलाई हाल परिमार्जन गरेर संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन्’ भन्ने व्यवस्था गरिएको छ ।

यस्तै गैरआवासिय नेपालीले नागरिकता लिनलाई गृह मन्त्रालय नै आउनुपर्ने र त्यसमा पनि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने विधेयकमा उल्लेख थियो । सो बारे मस्यौदा ड्राफ्ट गर्ने क्रममा गलत बुझाइ रहेकाले अहिले परिमार्जन गरिएको अहिले गृह मन्त्रालय वा गृह मन्त्रालय मातहताका निकायहरुबाट गैरआवासिय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनु पर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्नेछ। विदेशको नागरिकता लिएपछि नेपालमा स्वतः रद्द हुने व्यवस्था रहिआएको छ । तर, गैरआवासिय नेपालीले नागरिकता लिँदा उसले नेपालको नागरिकता त्यागेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थामा उल्लेख थियो’ ‘ तर अमेरिका, बेलायत क्यानडा लगायतका देशमा उताको नागरिकता दिँदा नेपालको त्यागेको भन्ने प्रमाण पत्र दिइन्न । यसो हुँदा नेपाली नागरिकताको प्रमाणपत्र त्यागेको व्यहोराको पत्र ल्याउन नसकिने हुँदा अहिले भाषा मिलाइएको छ ।’

आज पास भएको विधेयकमा सम्बन्धित व्यक्तिले साविकमा लिएको नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेको प्रमाण स्वदेशी निकायबाटै पुष्टि गराएर गैरआवासिय नागरिकता लिन सक्ने बुझिएको छ । विधेयकबारेको मस्यौदामा नेपाली नागरिकता त्यागेको प्रमाणपत्र ल्याउनुपर्ने व्यवस्थामा एनआरएनका जिम्मेवार अधिकारीले यथार्थ कुरा बाहिर ल्याएपछि त्यसबारे सांसद पाठकले संशोधन दर्ता गराएका थिए ।

‘गैरआवासियक नेपाली नागरिकता लिनका लागि नेपालको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने भन्ने कुरा आयो । एनआरनएको के भनाई थियो भने बेलायत, अमेरिका, क्यानडा लगायतका देशमा नागरिकता त्यागेको प्रमाण लिनुपदैन । उहाँहरुको माग सम्बोधन गर्नेगरी संशोधन भएको छ ।।’

विधेयकमा विदेशको नागरिकता लिएमा स्वदेशको नागरिकता स्वतः जाने व्यवस्था गरिएको छ, जुन व्यवस्था पुरानो ऐनमा पनि थियो । उनले भने, ‘अब कैलाली ठेगाना भएका विदेशी नागरिक भएका गैरआवासिय नेपालीले नेपाली नागरिकता त्यागेको जानकारी गराएर गैरआवासिय नागरिकता लिन सक्छन्, बागलुङ स्थायी ठेगाना भएकाले त्यसैगरी यहीबाट प्रमाण जुटाएर लिन सक्छन् ।’

समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयकबारे उठेका प्रश्नहरुबारे जवाफ दिएका थिए भने गृहसचिव प्रेम कुमार राईले वास्तविक नेपालीलाई सहज ढंगले नागरिकता दिलाउन र फर्जी नागरिकता वितरणमा कडाई कसरी गर्न सकिन्छ भन्नेबारेत आफूहरु गम्भीर भएको जानकारी दिएका थिए । विधेयक समितिबाट पारित भएसँगै मन्त्रालयले अब संसदमा टेबल गर्नेछ ।

Comment here