एनआरएनप्रबासविजनेशसमाचारसूचना प्रबधि

बेलायत आइपुग्यो, पूर्व प्रम नेपाल सहित कलाकारको टोली विमानस्थलमै भब्य स्वागत (भिडियो सहित)

लण्डन । आगामी नोवेम्बेर १७ तारिख शनिबार साँझ लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन लागेको यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्स्थ्य र शिक्षा सहयोगको लागि अध्यारोवाट उज्यालोतर्फ नामक सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रमा सहभागी हुन पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कलाकार मनोज गजुरेल, गायक हेमन मोक्तान र मोडल तथा नायिका मरिस्का पोखरेल बेलायत आइपुगेका छन् ।


उनिहरुलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ, स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, यति नेपाली एशोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान, शशिधर नेपाल ध्रुव केसी,राजु थापा,रामशरण सिंखडा, एनआरएन यूकेका महासचिव आर.के. त्रिपाठी,बाचास पति रेग्मी ,बिराज भट्ट,सिद्धार्थविक्रम क्षेत्री चित्रबहादुर गुरुङ ह्यारी गुरुङ लगायतको उपस्थिति थियो । पत्रकार नबिन पोख्रेल, धुर्ब अर्याल, श्याम लुइँटेल ,शिब भण्डारी लगायत हिथ्रो विमानस्थलको टर्मिनल ४ मा पुगेका थिए । पूर्व प्रधानमन्त्री नेपाल च्यारीटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि हुनेछन् ।
बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यतिले नेपालमा असहाय र विपन्न बालबालिकाकाको सेवा गर्दै आएको मानव जीवन संरक्षण मञ्चको सहयोार्थ यो कार्यक्रम गर्न लागेको हो । लण्डनको ग्रिनफोर्ड टाउन हलमा हुने कार्यक्रमको लागि सांझ ५ बजे ढोका खुल्ने, ६ बजे डिनर सर्भ गर्ने र ७ बजेदेखि कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको छ । कार्यक्रमलाई व्यवस्थित र अर्थपुर्ण बनाउने, अनावश्यक रुपमा धेरै ‘आसन र भासन’ नराख्ने, समयले भ्याएसम्म कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री नेपालसंग अन्तरक्रिया गर्ने अवसर समेत प्रदान गर्ने लगायतका योजना आयोजकले बनाएका छन् ।
कार्यक्रमलाई सफल पार्न च्यारिटी कार्यक्रमका संयोजक तथा यति नेपाली एशोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान संगै सहसंयोजक ध्रुव केसी र सदस्यहरु शशिधर नेपाल, राजु थापा, सिद्धार्थविक्रम क्षेत्री, आरती श्रेष्ठ, हरिगोविन्द गुरुङ, चित्रबहादुर गुरुङ लगायत सम्मिलित आयोजक समिति तयारीमा जुटिरहेको छ । यति नेपाली एशोसिएसनले परोपकारी उद्धेश्य राखेर गर्न लागिएको कार्यक्रममा सहभागी बनिदिन तथा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायसंग अपील गरेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेतासमेत रहेका नेपाल बेलायत रहने क्रममा प्रवासी नेपाली मन्च बेलायत र नेपाली जनप्रगतिशिल मन्च बेलायतको संयुक्त आयोजनामा आउँदो १८ नोवेम्बर २०१८ आइतबारका दिन साझ छ बजे Aldershot को Empire हलमाहुन लागेको कार्यक्रममा सहभागि हुने तय भएको छ ।
विमानस्थलमै भब्य स्वागत “ प्रत्यक्ष प्रशारण—————–

Comment here