एनआरएन

आइसीसी सदस्य पदमा अर्जुन कटुवालले दिए उम्मेदवारी

लन्डन । एनआरएनए यूकेको सदस्य,  पूर्व-उपमहासचिव हूँदै लामो समय NRN अभियानमा योगदान गरेका अर्जुन कटुवालले आसन्न अधिवेसनमा आइसीसी पदमा उम्मेदवारी दिएका छन् ।

आइसीसीमा रहेर लगानी , नागरिकताको सुनिस्चित अधिकारका लागी विशेष पहल गर्ने , नेपालको निर्वाचनमा गैरआवासीय नेपालीहरुको सहभागिता सुनिश्चित गराउन लन्डन दूतावासमार्फत मतदाता परिचयपत्र बनाउने र मतदान गर्ने वातावरण बनाउन पहल थाल्ने, एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्राथमिकताका साथ निरन्तरता दिने, वेल्स, स्कटल्यान्ड तथा नर्दन आयरल्याण्डमा सदस्यता तथा स्वायत्त अधिकार सुनिस्चित गर्ने , गोर्खा आन्दोलनमा सघाउने, आपत विपतमा परेका नेपालीलाई सहयोग गर्ने, बेलायतबाट नेपालमा स्किल ट्रान्सफरका लागि कार्यक्रम गर्ने लगायत प्रतिवद्धता उनको छ ।

कटुवालले एनआरएनए यूकेभित्र विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । कार्यसमिति सदस्य, प्रवक्ता हुंदै उनी उपमहासचिव पनि भईसकेका छन् । लन्डनमा लेखा व्यवसाय र मिडियामा संलग्न कटुवाल सन् २००७ मा बेलायत आएदेखि नै एनआरएनए अभियानमा सक्रिय छन् ।

 यूके नेपाल फ्रेण्डसिप सोसाइटीका महासचिव उनी बुद्ध फाउण्डेसन यूकेमा पनि महासचिव छन् ।

Comment here