एजेन्सी, ९ भदौ । मकाउ प्रशासनिक क्षेत्रको पाँचौँ प्रमुख प्रशासकका रूपमा ह यि छङ निर्वाचित भएका छन् ।
सम्पन्न व्यापारी परिवारमा सन् १९५७ मा मकाउमा जन्मिएका ह ले सन् २००४ देखि २००९ सम्म मकाउको कार्यकारी परिषद्का सदस्यका रूपमा काम गरेका थिए ।
चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले आइतबार नै ह मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासक निर्वाचित भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
प्रवक्ता याङले प्रमुख प्रशासकको निर्वाचन ‘जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन’ र मकाउ विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनबमोजिम गरिएको बताउँदै यस पटकको निर्वाचनले खुलस्त, न्यायिक र निष्पक्ष सिद्धान्त देखाएको कुरा बताए ।
Comment here
You must be logged in to post a comment.