एनआरएन

धर्म राज अधिकारी एनआरएनएको केन्द्रीय उपाध्यक्षमा बलियो उम्मेदवारी हुन

सिड्नी । गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारीले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उपाध्यक्षका प्रत्यासी अधिकारीले बिहीबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुने विश्व सम्मेलनले एनआरएनमा नयाँ नेतृत्व छनोट गर्नेछ । एनआरएनए ओसेनियाका वर्तमान क्षेत्रीय संयोजक अधिकारी तीन दशकदेखि अस्ट्रेलियामा व्यवसायिक जीवन र सामुदायिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्किल, नलेज एन्ड इनोभेसन नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको पत्रकार सम्मेलनमा अधिकारीले सुनाए ।

Comment here