एनआरएन

ईंल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षका प्रत्यासी श्रेष्ठको अपिल

 

काठमाण्डौं । गैर आवासीय नेपाली संघ ईंल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष को प्रत्यासी दीपक श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

“हाम्रो एनआरएन,राम्रो एनआरएन” भन्ने मुल मन्त्रका साथ सबै तह र तप्काबाट सुझाव सल्लहका साथै सहयोगको अपिल गरेका छन् ।आदरणीय बेलायत बासी सम्पूर्ण अग्रज आमा बुबा, दाजुभाई, दिदिबहिनी तथा साथी संगीहरू मा

नमस्कार,

गैर आवासीय नेपाली संघ यूकेको सेप्टेम्बर १४ मा हुने निर्वाचनमा मैले पहिलो पटक ईण्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा, तपाईंको गहिरो भरोसा र आशा लिएर उम्मेदवारी दिएको कुरा जानकारी गराउदै आशिर्बाद र सहयोग को लागी बिनम्र अनुरोध गर्दछु।

हजुरहरूले चाहेको जस्तो “एनआरएन” बनाउने जिम्मा तपाईं संगै छ।
सच्चा,ईमानदार र कर्तव्यनिष्ठ उम्मेदवार लाई भोट दिएर पठाउनुहोस, हजुरहरुले खोजेको र चाहेको एनआरएन बन्नेछ ।

यदि हजुरहरु लाई म प्रति बिश्वास र भरोसा छ भने हजुर लगायत हजुरका सम्पूर्ण हितैषी दाजुभाई दिदीबहिनी, स्टमित्रहरु संग भोट मागी मलाई विजय गराई दिनहुन बिनम्र अनुरोध गर्दछु ।

धन्यवाद ।

दीपक श्रेष्ठ
ईंल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष को प्रत्याशी

Comment here