एनआरएन

(एनआरएनए) राष्ट्रिय समन्यव परिषद यूकेबाट सदस्य पदका प्रत्यासी प्रभु न्यौपानेको उम्मेदवारी घोषणा

काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (एनआरएनए) यूके सदस्य पदका प्रत्यासी प्रभु न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन ।

न्यौपानेले आफ्नो उम्मेदावारी घोषणा संगै बेलायत बासी सम्पूर्णमा अनुरोध गर्दै आफुलाई भोट दिएर जिउन भनि अपिल गरेका छन ।
उनको अपिल जस्ताको तस्तै :

आदरणीय बेलायतबासी नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक नमस्कार ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (एनआरएनए) यूके बेलायतको २०१९(२०२१ निर्वाचनमा सदस्य पदका लागि मैले आधिकारिक उम्मेदवार दिएको तथ्य यहाँहरू समक्ष अवगत गराउन चाहन्छु । तपाईंहरुको सहयोग र हौसलाले मेरो उर्जा र जिम्मेवारी झनै थपिएको छ । तपाईहरुको साथ सहयोग र सल्लाहको सदैव अपेक्षा गरेको छु ।

तपाईंहरुको मत बिना मेरो जीत सम्भब छैन ्र फेरी पनि ,समस्त आदर्णीय मतदाताहरुसंग यहाँहरूको अंमुल्य मतदानका लागि हार्दिक अपिल गर्दछु । मैले जिम्मेवारी पाएं भने तपाईंहरुको विश्वाशको कदर गरेर सधैं शीर उचो बनाएर हिंड्ने बातावरणमा काम गर्नेछु ।

प्रभु न्यौपाने
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (एनआरएनए) यूके
सदस्य पदका प्रत्यासी

Comment here