एनआरएन

पुर्व अन्तराष्ट्रिय युवा उपसंयोजक गिरीले दिए (एनआरएनए) सचिव पदमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि पुर्व अन्तराष्ट्रिय युवा उपसंयोजक कृष्ण गिरीले सचिवको लागी उम्मेदवारी दिएका छन्।

नेपालको झापा लिल्लामा जन्मेका गिरी बिगत डेढ दशक देखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका छन्। गैरआवासीय नेपाली संघको आफनै भवन निर्माण गर्न आर्थीक संकलन गर्ने कार्यमा ओशियाना क्षेत्रबाट प्रभावकारी भूमिका निभाएको, प्राकृतिक प्रकोपमा परेकाहरुलाई एनआरएनएका माध्यमबाट आर्थीक  जुटाउने कार्यमा सायोग गरेको, एनआरएनए अन्तर्राष्ट्रिय यूवा उपसंयोजक भएर प्रवासमा नेपाली मुलका बालबालीकाहरुलाई नेपालसंग जोडन दुर्गम नेपालमा रहेका बालबालीकाका लागि डलर १, कापि कलम परियोजना सफल रुपमा सम्पन्न गरिसकेका छन।

त्रिचन्द्र क्याम्पसमा नेपाल बिधार्थी संघबाट स्ववियूमा सदस्य निर्बाचित, त्रिचन्द्र क्याम्पस नेविसंघ ईकाई सचिब, नेबिसंघ झापा जिल्ला सदस्य, नेबिसंघ केन्द्रिय महाधिवेशन प्रतिनिधि, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापति, अष्ट्रेलियामा करिब २ दर्जन भन्दा बढि आफ्नै अध्यक्षतामा नेपालको पहिचन बढाउने खालका कार्यक्रमहरु सफल गरीसकेका छन ।

पेशाले भने गिरी कम्प्यूटर ईन्जिनियर हुन्। ऐले चाहिँ अष्ट्रेलियन सरकारको शिक्षा बिभागमा सोहि बेशामा कार्यरत उनि द नेपाली भिजन अष्ट्रेलिया प्रकाशनको प्रमुख भूमिकामा छन ।

यसबाहेक एनआरएएमा २००७ देखि भने सकृय संलग्न हुँदै आएका गिरी एनआरएनए अष्ट्रेलियाको २०११–२०१३ कार्य समितिमा निर्बाचित सदस्य, एनआरएनए अष्ट्रेलिया आईटि संयोजक, एनआरएनए अष्ट्रेलियाका एक लाख डलर भन्दा बढि रकमको सोसयल वेलफियर फण्ड खडा गर्ने अभियन्ता, एनआरएनए अष्ट्रेलिया २०१५–२०१७ को सल्लाहकार पनि थिए। सिडनीमा हुने नेपाल फेष्टिभलका उपसमितिहरुमा लगायत बिभिन्न टास्कफोर्स संयोजकको भूमिकामा कार्य सम्पादन गरिसकेका छन।

उनि गैरआवसीय नेपाली संघ सातौं क्षेत्रिय सम्मेलन २०१२ सिडनी मुल आयोजना समितिको सदस्य एबम आईटि, कार्यक्रम संचालन तथा व्यस्थापन, वर्कसप व्यवस्थापन, प्रचार प्रसार समितीमा बसी मुख्य भूमिका निर्बाह गरेको बताउँछन।

२०१३–२०१५ गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय यूवा उपसंयोजक, यूवा तथा खेलकुद टास्कफोर्स उपसंयोजक, गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको २०१५–२०१७ को यूवा संयोजकको उमेद्वार समेत थिए।

यो पटक गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिब पदमा उम्मेद्वार हुने हो, गिरीले भने । लामो समय देखि एनआरएनएमा पद र पद बाहिर बसेर कार्य गर्दै एनआरएनए अभियान र संस्थालाई निजिकबाट बुझेको साथै पदमा नबस्ता पनि पदमा बस्नेहरु सरह वा त्यो भन्दा बढि कार्य गरेको, तर यो पटक साथीहरुले पदिय जिम्मेवारी लिएर कार्य गर्ने प्रेरणा दिएका छन्। संस्थामा पैसावालको मात्र पौचभयो भन्ने व्यापक गुनासोलाई न्यूनिकरण गर्दै प्रोफेशनल, एकाडेमिक एवम ईनक्लुसीब अर्थात साझा, सवल र सक्षम एनआरएनएको निर्माण गर्दै समृद्ध नेपालका लागि सघाउन आफू अगाडि आएको उनको जिकिर छ।

म एक दशक देखि एनआरएएमा आवद्ध भएर मन बचनले कार्य गरेको छु । यसलाई मैल सोस्योपोलटिक्स भन्न रुचाउछु। संस्था नेपाल र नेपालको लागि धेरै समय खर्चिएर र कार्य सम्पादन गर्ने, आत्मा सन्तुटि लिने र सामाजिक पहिचान बढाउने सामान्य ईच्छा ममा छ । मैले पदमा रहदा र नरहदा बारबारी नै योगदान गर्ने गरेको छु । यसर्थ मलाई मन नपराउने साथीहरुले पनि मलाई संस्थाका लागि, सामाजिक कार्यका लागि अहोरात्र खट्ने व्यक्तिका रुपमा हेर्छन। यसले अवसर पायो भने धेरै गर्न सक्छ भनेर अवसर नै दिनुहुन्न भन्ने पनि प्रसस्त छन। तर ति सबै साथीहरुको मन जितेर सबैको भावनाको सम्मान गर्दै अघि बढ्ने मेरो अभिप्राय छ। गैरआवसीय नेपालहरुको मलाई सहयोग रहने छ भन्नेमा बिश्वस्त रहेकाे गिरीले बताए।

Comment here