काठमाडौँ, ११ भदौ । नायीका सारा सिर्पाली स्टारर फिल्म ‘गुञ्जन’को छायांकन सुरु भएको छ ।
अष्ट महर्जनको निर्देशनमा बन्न लागेको फिल्म ‘गुञ्जन’को पोखराबाट छायांकन पनि सुरु गरिएको हो ।
९५ प्रतिशत छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । फिल्ममा नायीका सारा सिर्पाली, नायक कविर खड्का, सरोज खनाल र प्रितम सेन्चुरीको मुख्य भूमिका रहने छ ।
महेश दवाडीको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहने फिल्ममा सुनिता शाहीको लगानी रहेको छ ।
Comment here
You must be logged in to post a comment.