खेलकुद

एफसी एस एस ओपन फुटसल शनिबार 0

काठमाडौँ ।तेस्रो संस्करणको ‘एफसी एस ऐस ओपन फुटसल’ प्रतियोगिता शनिबार हुने भएको छ । आयोजक एफसी एस ऐसले एक दिने प्रतियोगिता भदौ १४ गते (शनिबार) आयोजना हुने जनाएको छ ।

गोंगबुको द गेम फुटसलमा आयोजना हुने प्रतियोगितामा राजधानीका ३२ फुटसल क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नकआउटका आधारमा संचालन हुने प्रतियोगिताको विजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । एन्फाबाट मान्यता पाएका रेफ्रीहरुद्वारा संचालन हुने प्रतियोगितामा सहभागी हुन ३ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि फ्रिडम फाइटर र दोस्रो संस्करण एलिट स्पोर्ट्सले जितेको थियो ।

Comment here