काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरबको रिहादमा पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् ।
काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका उनीहरु काम नपाएपछि उतै अलपत्र परेका हुन् ।
पीडित पक्षले म्यानपावर कम्पनीले धम्की दिने गरेको आरोप लगाएका छन् ।
यता, म्यानपावर कम्पनीले भने दिएको काम नगरेको भन्दै पीडितका विरुद्ध विभागमा उजुरी दिएको छ ।
पीडितहरु मध्ये २ जना बिरामी परेका छन् । उनीहरुलाई गैरआवासीय नेपालीले रकम जम्मा गरी खानाको ब्यवस्था गरेका छन् ।
वैदेशिक विभागले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।
अलपत्र नेपालीहरुले आफन्त र म्यानपावर कम्पनीलाई आफूहरुलाई नेपाल झिकाउन माग गरिरहेका छन् ।
Comment here
You must be logged in to post a comment.