जीबनशैली

४० को मृत्यु, ६० को उद्धार

काठमाडौँ । लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा ४० जनाको मृत्यु भएको तथा कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरुमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । एजेन्सी

Comment here