सूचना प्रबधि

इन्जिनियरहरु सवार विमान दुर्घटना 0

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार इन्जिनियरहरु सवार विमान दुर्घटना भएको छ । दुई पाइलटसहित ६ जना सवार विमान धनीपुर विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो । उनीहरु सामान्य घाइते रहेको बताइएको छ ।

विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमानस्थलमा ‘ग्राउन्डेड’ एउटा विमान मर्मतका लागि दिल्लीबाट विमान चार्टर गरी अलीगढ गएका थिए । भारतीय समाचार एजेन्सीहरुका अनुसार अवतरका क्रममा विद्युत तारमा अल्झिएर विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एजेन्सी

Comment here