एनआरएनसमाचार

सचिव पदका प्रत्यासी मल्ल चुनावि अभियानमा

काठमाण्डौँ । आफ्नो व्यपार व्यावसाय र पारिवारिक उत्तरदाईत्व वहन संगै सामाजिकाममा पनि अग्रसरहुने एक महिला अभिआन्ताको रुपमा चिनिन्छन रञ्जिता मल्ल ।

यतिखेर विश्वमा रहेका नेपालीहरु तातिरहेको यस घडिमा एनआरएनएको चुनाव र पदाधिकारी छनोटको प्रक्रिया धमाधम भईरहेको छ । यसैका खातिर गैर आवासीय नेपाली संघ बेलायतको आगामी महिनामा हुन गईरहेको निर्वाचनमा सचिव पदमा भिड्ने भएपछि अहिले चुनावको प्रचार प्रसारमा व्यस्त छन ।

प्रचार प्रसारको क्रममा यदि यसपटक आफ्नो जित भएमा र सबैको साथ र हात पाएमा महिला समाबेसीका कुराई प्रमुख एजेण्डाका रुपमा अगाडि बढाउदै समाजको उथ्थानका लागि अगाडि बढ्ने बताएकी छन ।

नेपाली दाजुभाईको बाक्लो बस्तिरहेको अल्डरसटमा बस्दै आएकी रञ्जिता नेपालमा भूकम्प गएको बेलामा प्रभावित ठाउँमा संघका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा राहत वितरण कार्यक्रममा सकृय भूमीका निभाएकी छिन ।

विभिन्न व्यवसाय सम्हाल्दै आएकी मल्ल नेप्लिज को- अपरेटिप ईन्भेष्टमेन्ट –एनसीआई लिमिटेडको निर्देशक हुन । पेशाले आईटी इन्जिनियर उनि आफ्नो व्यवसाय संगै समाजको भलाईका कामहरु गर्न पनि लागिरहन्छन ।

Comment here