मनोरन्जनसमाचार

शाहिदकी श्रीमती मीरा फिल्ममा आउने

एजेन्सी, ११ भदौ । अभिनेता शाहिद कपुरकी श्रीमती मीरा राजपुत अब फिल्म आउने चर्चा भईरहेको छ ।

शाहिदलाई एउटा अन्तर्वार्ताका क्रममा श्रीमती मीरा फिल्ममा कहिलेदेखि आउने छिन् ? भन्ने जिज्ञासा राखिएको थियो ।

सो जिज्ञासामा शाहिदले भनेका छन, ‘म जे गरिरहेको हुन्छु, त्यसमा मीराको पूर्ण साथ र समर्थन हुन्छ । त्यसैगरी मीराले आफ्नो जीवनमा जे गर्न चाहान्छिन्, त्यसमा मेरो पनि उत्तिकै साथ र समर्थन रहने छ ।’

शाहिदले मीराको प्रतिभाको प्रसंशा गर्दै भनेका छन्, ‘मीरा निकै सिर्जनशील छिन्, उनलाई कपडाको बारेमा राम्रो ज्ञान छ । साथै उनी खाने प्रसंगमा पनि निकै कुशल छिन् । मेकअपमा पनि उनलाई प्रशस्त ज्ञान छ । म उनका यी सबै प्रतिभाको सराहना गर्छु । जब हाम्रो घरमा इन्टेरियरको प्रसंग आउँछ, उनीसँग डिजाइनको राम्रो ज्ञान हुन्छ । यतिमात्र होइन, मीरा क्यामराको अघिल्तिर पनि निकै सहज छिन् ।’

Comment here