मनोरन्जन

खानमा आधारित फिल्म बन्ने

एजेन्सी, १२ भदौ । बलिउड नायिका जिया खानमा आधारित फिल्म बन्ने भएको छ ।

सन् २०१३ मा पंखामा डोरी बाँधेर झुन्डिएर आत्महत्या गरेकी थिइन् । तर उनको मृत्युपछि हत्या र आत्महत्या के हो भन्ने रहस्य बाहिर आउन सकेन ।

अभिनेत्री जिया खानको जीवनलाई आधार मानेर डकुमेन्ट्री बन्न लागेको हो । जिया खानको मृत्युसँग जोडिएका रहस्यहरूमा आधारित हुने उक्त डकुमेन्ट्री ब्रिटिस टेलिभिजन कम्पनीले निर्माण गर्न लागेको हो । जुन तीन भागमा निर्माण हुनेछ ।

न्यूयोर्कमा १९८८ को फेव्रअरी महिनाको २० तारिखमा जन्मिएकी थिइन् जिया । उनले अमिताभ बच्चनसँग ‘निःशब्द’ बाट बलिउडमा पाइला टेकेकी थिइन् ।त्यसपछि उनले गजनी, हाउसफुल मा गरेकी थिइन ।

जियाकी आमा राबियाले जियाको सुसाइड नोटमा सुरजको नाम लेखिएको र त्यसमा ‘तिमीसँग माया गरे बदलामा तिमीले गाली दियौँ । र मसँग हिंस्रक भयौँ । मैले सबैकुरा सहिरहँ र तिमीलाई माया गरिरहेँ । म गर्भवती छु । तिमी केटी र पार्टीमा मस्त छौँ । तिमीले मलाई धोका दियौँ । तिमीले जब यो पत्र पढ्दै हुनेछौ म धेरै टाढा गइसकेकी हुनेछु ।’

Comment here