Uncategorized

बेलायतको नेपाली समाजमा उर्जाशील युवाको रुपमा चिरपरिचित सालिकराम सापकोटाआइ सी सी सदस्यमा बलियो उम्मेदवारको रुपमा हेरिन्छ

बेल्जियम – एनआरएन युकेको आगामी सेप्टेम्बर १४मा हुन गैरहेको अधिबेशनमा युवा उधमी एबम निष्ठावान समाजसेवी तथा २०१५- १७ मा एनआरएन युकेको कार्यकारी सदस्य, प्रेस एण्ड पब्लिकेशन विभागको सचिब, २०१७- १९ का कोषाध्यक्षको प्रत्यासी एबम वर्तमान सल्लाहाकार सालिकराम सापकोटाले आइ सी सी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उम्मेदवारी दिएका छन।

युकेमा थोरै ठुला र सक्रिय सामाजिक संस्थाहरु मध्ये एक “क्याट” (चितवन एड सोसाइटी) नामक च्यारिटी संस्थामा सचिब हुँदै सबैको मन जितेर वर्तमान उपाध्यक्षको जिम्मेवारी सम्हाली रहनु भएका सापकोटाले जेन्स यु के (ग्राजुएट इन्टरप्रेन्युइर नेपालिज सोसाइटी) का अध्यक्ष भएर पनि काम गरिसक्नु भएको छ भने हाल उक्त संस्थाको सल्लाहकारको रुपमा काम गरिरहनु भएको छ ।

२०१७ -१९ मा एनआरएन युकेको राज्य समन्वय विभागमा समेत रहेर सक्रिय भूमिका निर्बाह गरिरहनु भएका उर्जाशील, कर्मठ, सक्षम एबम गतिशील युवा उम्मेदवार सापकोटाले एन आर एन आइ सी सी सदस्य पदमा उमेददवारि दिनुको प्रमुख एजेन्डा भनेको; गैर आबासिय नेपाली हरुको प्रमुख मुद्दा ” नेपाली नागरिकताको निरन्तरता” को मागलाइ अझ शसक्त रुपमा आवाज बुलन्द गरि यो मुद्दालाई सम्बोधन गराउनको लागि जोडदार पहल गर्न, साथै एन आर एन प्रति युवा हरुको आकर्षण र सहभागितालाइ जोड दिदै युवा नेतृत्वको बिकास गर्न र विदेशमा विभिन्न क्षेत्रमा बिसेश्यज्ञता हासिल गरेका युवाजनसक्तिलाइ नेपालको विकास प्रक्रियामा सहभागी गराउन महत्व पूर्ण भूमिका निर्बाह गर्नको लागि आफुले एस पल्ट एन आर एन आइ सी सी सदस्य पदमा उम्मेदवारी दिएको बताउनु भएको छ।

बेलायतबासि नेपाली माझ निकैनै लोकप्रिय आइ सी सी सदस्यका युवा उम्मेदवार सालिकराम सापकोटाले असन्न एनआर एन युके को अधिबेशनमा सम्पूर्ण बेलायतबासीले आफ्नो अमुल्य अभिमतदिएर जिताउनु हुनेछ भन्ने आशा एबम विश्वास गर्नु भएको छ र आफुलाई उक्त पदमा जिताउनको लागि सम्पूर्ण युके बासि नेपालीहरुमा हार्दिक अपिल पनि यसै मेडिया मार्फत गर्नु भएको छ

Comment here