एनआरएन

कतारको आठौं अधिबेशन हुँदै आईसीसी नेतृत्वका शिर्ष नेताहरु कतार आईपुगे

कतार । कतारमा हुने गैरआासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारको आठौं अधिबेशनको तयारी अन्तिम चरणमा पुगेकाे छ ।

महाधिवेशनका लागि एनआरएनए आईसीसी नेतृत्वका शिर्ष नेताहरु कतार आईपुगेका छन । एनआरएनए आईसीसी उपाध्यक्ष एबम आगामी अधिबेशनमा अध्यक्षका उम्मेदवार कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसि, सचिब डिबि क्षेत्री र जानकी गुरुङ, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए पुर्ब प्रबक्ता हेमराज शर्मा, एनआरएनए युएईबाट आईसीसी सदस्य मनोज गोर्खाली, एनआरएनए साउदी अरबबाट आईसीसी सदस्य राजु सैयद, एनआरएनए युकेबाट योगेन क्षेत्री, एनआरएनए अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाहलगायत नेताहरु कतार आईपुगेका छन ।


अधिबेशनको तयारी अन्तिम अबस्थामा पुगेको एनआरएनए कतारका निबर्तमान अध्यक्ष नवीन पोखरेलले बताए । उनले अधिबेशन भब्य र सभ्य बनाउन आफु र आफ्नो कार्यसमितिहरु लागिपरेको बताए । एनआरएनए कतारको अधिबेशनमा आउने अतिथिहरुलाई मध्यपुर्ब संयोजक आरके शर्मा, सहसंयोजक प्रबिन गुरुङ, पुर्ब मध्यपुर्ब संयोजक नरेन्द्र भाट, आईसीसी सदस्य कुमार कार्की, बिमल सुबेदी, एनआरएनए कतारका अध्यक्ष नवीन पोखरेल, सहकोशाध्यक्ष खगबहादुर खत्री(यासिन मामा), युबा संयोजक माया केसि, युवा सहसंयोजक नारायण समाजसेवीले दोहा बिमानस्थलमा स्वागत गरेका थिए ।

 

Comment here