प्रबास

एनआरएनए अन्तर्गत एनसीसीको लागि क्षेत्रिय सचिव पदमा विकाश बस्नेतकाे उम्मेदवारी घोषणा

जापान । गैर आवासीय नेपाली संघ एनआरएनए जापानको आउदो एनआरएनए अन्तर्गत एनसीसी (१९-२१)को महाधिवेशनमा पदमा (केन्द्रीय सचिव,क्षेत्रिय) मा विकाश बस्नेतले उम्मेदवारी घोषणा गरेका छन ।

बस्नेतले संस्थालाई उन्नती र प्रगति तर्फ लैजान र केन्द्र र क्षेत्र विचको दुरीलाई कम गर्न ५ बुँदे घोषणा पत्र सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । सम्पूर्ण न्याय प्रेमी दाजुभाई र दिदिबहिनीलाई अपिल गर्दै आफ्नो भावि एजेण्डाहरु पुरा गर्नलई साथ र समर्थन गर्न अनुरोध गरेका छन ।

आदर्णीय जापान बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरू सम्पूर्णमा
नमस्कार,

बिगत लामो समयदेखि एनआरएनए जापानमा रहेको मेरो सक्रियता र पदिय जिम्मेवारिले अब अलि अगाडि बढेर संस्थाको हितको लागि समाजप्रति मेरो सकारात्मक भूमिका अझ कम भएको महसुस भएको र संस्थाको बिभिन्न गलत गतिबिधि गर्न प्रेरित गर्ने ब्यक्ति जसले संस्था बदनाम गर्न नकरात्मक भूमिका खेल्छ त्यस्तो ब्यक्ति आउन दिनु हुन्न भन्ने मलाइ लाग्दछ र मेरो पहिलो
संस्थाप्रति सकरात्मक पहल पनि त्यहि हुनेछ ।

थोरै बोलौं धेरै गरौं भन्ने नारालाइ आत्मासाथ गर्दै चिप्ला र मिठा भाषण तथा दोहोरो चरित्र भन्दा स्पस्ट बक्ता र व्यावहारीक सहि काम गर्नेको महत्व अर्थपूर्ण हुन्छ भन्ने मेरो बुझाइ हो । साथै एउटा सबल संस्था निर्माण को लागि क्षेत्र र केन्द्र बिचको समन्वय र सम्बन्ध सुमधुर हुनुपर्छ र यसमा केन्द्रीय सचिव क्षेत्रिय को महत्त्वपूर्ण भूमिका भएकाले सबै क्षेत्रको सरसल्लाह र सुझावलाइ आत्मासाथ गर्दै आउदो एनआरएनए अन्तर्गत एनसीसी जापान (१९-२१)को महाधिवेशन मा उक्त पदमा (केन्द्रीय सचिव,क्षेत्रिय) आफ्नो नाम निर्वाचन समितिमा दर्ता गरि घोषणा गरेको जानकारी गराउँछु । साथै सबैको भरोसा र साथको अपेक्षा गर्दछु ।

मेरो उमेदवारी किन ?
१) क्षेत्रीय समस्या लाई केन्द्रमा अघि सार्न भूमिका खेल्ने ।
२) क्षेत्र र केन्द्र बिचको दुरिलाई नजिकाउन र सम्बन्ध राम्रो गर्न समन्वय को भूमिका खेल्ने ।
३) जापान र नेपाल बिच सम्बन्ध अझ मजबुत बनाउन संस्थाको सकारात्मक पहल लाई साथ दिने ।
४) संस्थाको बिकास र बिस्तारको लागी क्षेत्र र केन्द्र बिच समन्वय गराउने ।
५) हरेक क्षेत्र सबल,सक्षम र केन्द्रबिचको समन्वयकारी पहलनै हाम्रो आजको आवस्यकता हो ।

Comment here