समाचार

नेपाली चेली चीनमा तस्करी, १० जना पक्राउ

काठमाडौँ, १४ भदौ । गरिब तथा ग्रामिण क्षेत्रका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिराेहले विवाहको नाम नेपाली युवतीको किनबेच गरिरहेको खुलासा भएको छ। नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्धार गरेपछि घटना बाहिर आएको हो । उक्त अपराधमा संलग्न ६ नेपाली तथा ४ चिनिया गरी जम्मा १० जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेका छन् । याे खबर नागरिक दैनिकमा छ ।

Comment here