प्रबास

श्रमजीवी नेपालीहरूकाे स्वस्थ्य र जीवन रक्षाका लागि विषेश एजेण्डा बनाएर अघि बढ्ने – उपाध्यक्ष कुल आचार्यले

दोहा । गैर आवासीय नोपली संघका उपाध्यक्ष कुल आचार्यले वैदेशीक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक भएकोमा बताएका छन ।

आचार्यले नेपाल सरकार, विदेश विदेशमा रहेका कुट्नीतिक निकायहरु तथा गैर आवासीय नेपालीहरुको विश्वव्यपी संजालबीच सहकार्य गरी बैदेशीक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । एनआरएनए कतारको आठौं महाधिबेशनमा मन्तव्य राख्दै अध्यक्षका उम्मेदावार समेत रहेका उनले भने ‘हरेक दिन कम्तिमा दुई जना नेपालीहरुको शव विमन स्थलमा पुग्ने गरेको छ ।

कतारमा मात्रै २०२२ विश्व कप फुटवल प्रतियोगिताका लागि रंगशालाहरु बानाउँदा कम्तीमा१४ सय नेपालीहरुको ज्यान गैसकेको मानव अधिकारवादी संघ संस्था तथा समाचारपत्रहरुले जनाएका छन । त्यसैले आजको पहिलो आवश्यकता भनेको नेपाली दाजुभाईहरुको जीवनका सुरक्षा हो । त्यस्तै हाम्रा दिदि बहिनीहरुले सुरक्षित रुपमा काम गर्न पाउने वातावरण सुरक्षित गर्नुपर्छ ।’

आचार्यले समग्र बैदेशीक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने हिसावले काम गर्नुपर्नेमा जोड दिदै भने ‘विदेशी मुलुकबाट रमिटेन्स भित्र्याएर योगदान गर्ने कर्मसिल नेपालीहरुको जीवन रक्षा, हक र अधिकारको रक्षाको लागि गैर आवासीय नेपाली संघको सम्पूर्ण ताकत प्रयोग गर्दै निरन्तर लागिरहेने प्रण गर्दछु ।’

रेमिटेन्स लागानीलाई आम्दानीमा परिणत गर्नुपर्नेमा जोड दिदै आचार्यले खाडि मुलुकमा श्रमीक जीवन र स्वस्थ्य क्षेत्रमा विशेष पहल गर्ने समेत बताए ।

Comment here