एनआरएन

समाजसेबी ,सरल सहयोगी, सक्रिय लिला देवी गुरुङ आईसिसीको सदस्य उम्मेदवार

लन्डन, ३१ अगष्ट – गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेको १४ सेप्टेम्बरमा हुन गई रहेको अधिवेशनमा विभिन्न पदमा विभिन्न उम्मेदवारहरु आकांक्षी देखिएका छन।

करीब चौध हजार सदस्य बनाएर अहिलेसम्म स्थापना भएका एनआरएनए राष्ट्रिय समन्वय समिति(एनसिसी) मध्येकै सबै भन्दा ठुलो एनआरएनए एनसिसी बन्न सफल एनआरएनए युकेको आसन्न अधिवेशनबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको पाउने सात सदस्य पदमा १४ उम्मेदवारहरु मैदानमा उत्रिएका छन्। यिनै चौध आईसिसी उम्मेदवारहरु मध्येकी एक हुन श्रीमती लिला देवी गुरुङ। श्रीमती लिला देवीलाई अहिलेसम्म विभिन्न सामाजिक संघ संस्थाहरुमा रहँदा अति  , सहयोगी, सक्रिय र कर्तव्यनिष्ठा भई आफ्नो कार्यकाल पुरा गरेको एक महिलाको रुपमा युकेवासी सबै नेपालीले सम्झन छन

भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आई पर्ने विभिन्न समस्या र अफ्ठ्याराहरुमा विभिन्न किसिमबाट सल्लाह, सुझाव र सहयोग पु-याउँदै आएको संस्था GGESA को सचिब, अध्यक्ष र एनआरएनए युकेको महिला संयोजकको जिम्मेवारी सफलता पुर्वक सम्मालेको अनुभव छ लिला देवीसंग। साथै उनी नेपालीहरुको बाक्लो बसोबास रहेको साउथ ईष्ट लन्डनमा नेपाली बालबालिकालाई नेपाली भाषा, कला संस्कृति सिकाउनेदेखि ग्रीनवीच काउन्सील जनप्रतिनिधि र काउन्सीलवासीसंग राम्रो समन्वय गरि काम गर्दै आएको संस्था रोयल ग्रीनवीच नेप्लीज सोसाईटीको वर्तमान उपाध्यक्षको रुपमा पनि कार्यरत छिन। कला साहित्यमा पनि निकै रुचि राख्ने लिला देवी एक कवि यात्रीको रुपमा पनि बेलायतमा आफ्नो पहिचान बनाएकी छन् ।

‘नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैका लागि नेपाली रहनु पर्छ। यो कर्तव्य र अधिकार हामी विदेशमा बस्ने नेपालीले विना संकोश र विना झन्झट पूर्ण रुपमा सदुपयोग गर्न पाउनु पर्छ’, लिला देवी भन्छिन – ‘विदेशमा बस्दा हामीले आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजी नेपालको विकासको लागि लगाउनु पर्छ। हामी संसारको जुन सुकै कुनामा भएपनि मातृभुमिप्रति उत्तरदायी रहनु पर्छ। नेपाल र नेपालीको समस्या नेपाली सबै एकजुट भई हामी आफैले समाधान खोज्नु पर्दछ। २१ औँ शताब्दीमा हामी अहिले भएपनि हाम्रो समाज जातीय, लैङ्गिक, क्षेत्रीय लगायत धनी गरीब बीच ठुलो विभेद छ। यी यावत विषयवस्तुहरुको सहि कार्यान्वयनको लागि मेरो ईमान्दार पहल रहने छ।’

Comment here