लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको आगामी अक्टोवरमा हुन गईरहेको आइसिसी चुनावमा श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बेल्जियममा लामो समय देखि बसोबासा गर्दै आउनु भएको श्रेष्ठ एक सफल व्यवसायी तथा एनआरएनए सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।
श्रेष्ठले २००९-२०११ , २०११- २०१३ आइसिसीको सदस्य भएर काम गर्नु भएको थियो भने २०१३ -२०१५ युरोप संयोजक भएर काम गर्नु भएको थियो । प्रवासमा लामो समयदेखि बस्दै विभिन्न सामाजिक संस्थामा क्रियाशील भएकाले एनआरएन अभियानमा अगाडि बढ्दै एनआरएनमार्फत विभिन्न मानवीय तथा कल्याणकारी काममा श्रेष्ठ सक्रिय हुने गरेका छन् ।एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, सामूहिक एकता, सबै नेपाली बीच एकता हुनुपर्छ भन्ने विचार श्रेष्ठले राख्नु हुन्छ ।
लामो समय देखि एनआरएनको अभियानमा सहभागी उनि आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महाधिवेशनमा उम्मेदवारको रुपमा आफूलाई सबैले समर्थन गर्ने मागअनुसार उम्मेदवारी दिने निर्णयमा पुगेको श्रेष्ठले nrnkhabar.com लाइ जानकारी गराउनुभयो ।
Comment here
You must be logged in to post a comment.