समाचार

मन्त्री भट्टराई र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गर्नु भएको छ ।

शनिवार विहना पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति देउवालाई भेट्न मन्त्री भट्टराई उहाँकै निवास बुढानीलकण्ठ पुग्नुभएको थियो । भेटमा मन्त्रालयले गरिरहेको काम र केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रमका विषयमा उहाँसँग आफूले कुराकानी गरेको मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्रालयका काम र भ्रमण वर्ष २०२० लाई अझ बढी प्रभावकारी बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेकाले प्रमुख प्रतिपक्षी दलको सुझाव समेट्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

आफूले राखेको कुराहरु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अभिरुचिका साथ सुन्नुभएको र महत्वपूर्ण सल्लाह र सुझाव पनि दिनुभएको मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्री भट्टाराई समसामयिक राजनीति भेटघाट पछि ऐतिहासिक धार्मिकस्थल बुढानीलकंठ मंदिरको दर्शन कार्यक्रममा सहभागी हुनु भयो ।

Comment here