समाचार

बालिका सहित एकै परिवारका ३ जनाको मृत्यु

जाजरकोट, १५ भदौ । पहिरोले पुरिँदा जाजरकोटमा तीन वर्षीया बालिका सहित ३ जनाको मृत्यु भएको छ ।

आज बिहान आएको पहिरोमा परि भेरी नगरपालिका–२ तिमीमा पहिरोले घर बगाउँदा एकै परिवारको ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया पार्वती वली (आमा), नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसरा (छोरीहरू) रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

चार जनाको परिवार रहेकामा पार्वतीका श्रीमान बलबहादुर घरबाहिर सुतेकाले पहिरोबबाट बचेका छन् । अहिले घटनास्थलमा पुगेर प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारका गरिरहेको प्रहरीले जनाएको छ ।

Comment here