खेलकुद

खुल्ला प्रेसिडेन्ट च्याम्पियनशिप प्रतियोगितामा मन्जुले जितिन स्वर्ण पदकसंगै एक लाख नगद

काठमाडौं । पोखरामा सम्पन्न भएको प्रथम महिला तथा पुरुष खुल्ला प्रेसिडेन्ट च्याम्पियनशिप प्रतियोगितामा नेपाल क्योकुशिन कराते संघ (ईको) का महिला खेलाडी मन्जु बि.क. ले उत्कृष्ट खेल प्रदर्शन गरि स्वर्ण पदक हासिल गरेकि छन ।

उक्त खेलमा उनले  नगद रू.  १,००,००० एक लाख रूपैयाँ पुरसकार समेत हात पारेकी हुन । पुरूष बाट भने सनि सिँह सुनारले उत्कृष्ट खेल प्रदर्शन गरि दोस्रो रजत र नगद  रू ५०,००० हजार हात पारेका छन् । अन्य दूई खेलाडी बिकाश गुरूङ र सान्ति थापा मगर ले  पदक हाँसिल नगरेता पनि उत्कृष्ट खेल प्रदर्शन गरि बाहिरिएका थिए ।

नेपाल क्योकुशिन कराँते (ईको) का बरिष्ठ प्रशिक्षक रोशन कपाली र सहायक प्रशिक्षक बिनोद जंग प्रराजुलीले प्रशिक्षककाे  भूमिका निर्वाह गरेका थिए । अन्य सम्पूर्ण ब्यवस्था (ईको) बाट नन्द किराँतीले गरेका थिए भने यो कार्यक्रम सफल पार्नको लागि चलचित्रका नायक राज क्षितिजले सहयाेगी भूमिका खेल्दै । (इको) का सम्पूणार् बिजेतालाइ हार्दिक बाधाइ व्यक्त गरेका थिए ।

Comment here