अन्तर्वार्ताएनआरएनप्रबास

पत्रकार धुर्वराज अर्यालद्धारा उम्मेदवारसँग पैसा असुली:एनआरएन निर्वाचन विशेष

कोरिया । बेलायतका एक जना पत्रकारले गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतका आसन्न निर्वाचनका प्रत्यासीसँग पेड अन्तरवार्ता सुरु गरेका छन् । एनआरएन निर्वाचन विशेष नामक यूटुवमा आउने कार्यक्रम तयार गरि नेपाल पत्रकार महासंघ युकेका बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले पेड अन्तरवार्ता सुरु गरेका हुन ।

नेपाल पत्रकार महासंघ युके शाखाकै सल्लाहकार तथा म्यूजिक भिडियोका निर्देशक तथा पत्रकार कुशल श्रेष्ठको स्टुडियो प्रयोग गरि अतिथिलाई वोलाएर कम्तीमा २ सय र बढीमा ५ सयका दरले पेड अन्तरवार्ता लिएको सहभागी मध्येका एकले बताए । ‘आगामी १४ सेप्टेम्बरमा निर्वाचन मिति तय भई सकेकाले मिडियामा अन्तरवार्ता दिने क्रममा सहयोगका नाममा पैसा असुल्न विशेष कार्यक्रम ल्याइएका रहेछ, त्यो अन्तरवार्ता सकिएपछि स्पोर्सर गर्न भनियो । अनि पो पेड अन्तरवार्ता रहेछ भने थाहा भयो’, अन्तरवार्तामा सहभागी एक उम्मेदवारले भने । द्ई सातापछि निर्वाचन भएकाले सवै कुरा भन्न मिल्दैन । निर्वाचन सकिएपछि सबै कुरा मिडिया मार्फत खोल्न तयार रहेको उनले जनाए । स्रोतका अनुसार हाताहाति पैसा दिने सँग नगद र पैसा छैन पछि दिन्छ’ भन्नेलाई बार्षिक तीन सयका दरले स्पोर्सर विज्ञापन दिने सर्त पुरा भएपछि मात्र यूटुवमा अन्तरवार्ता हाल्ने गरिएको छ ।

प्लमस्टेडस्थित पत्रकार श्रेष्ठको घरमा बनाइएको अत्याधुनिक स्टुडियोमा पुग्नेमा अध्यक्षका प्रत्यासी शेर सुनार, पुनम गुरुङ, उपाध्यक्षका प्रत्यासीहरु प्रेम गहामगर, कमल पौडेल, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष पदका उम्मेदवार दिपक श्रेष्ठलगायत छन् । ति मध्ये केही उम्मेदवारले अन्तरवार्ता दिइसकेपछि सामाजिक संजालमा तिनै अर्याललाई धन्यवाद दिदै भिडियो शेयर गरिरहेका छन । निर्वाचन प्रमुख आयुक्त मेजर डम्मर घले र सह आयुक्त शिवजी श्रेष्ठसँग भने पैसा लिइएको छैन । उनीहरुसँग पैसा लिदा राम्रो भ्यासेज नजाने भन्दै फ्रि अन्तरवार्ता लिइएको थियो ।

यूटुवमा राखिएको सो भिडियोमा सुरुमा केही व्यक्तीलाई धन्यवाद ज्ञापन समेत गरिएको छ । जसमा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष पदका उम्मेदवार दिपक श्रेष्ठलगायतका नाम देख्न सकिन्छ । हालसम्म लिइएको अन्तरवार्तामा उपाध्यक्ष प्रेम गहामगरलाई सोधेको प्रश्न र यूटुवमा राखिएको हेडलाईनप्रति प्रेम गहामगरले आपत्ती जनाएपछि तत्काल परिवर्तन गरिएको थियो । अध्यक्षका प्रत्यासी सुनारलाई कडा प्रश्न सोध्ने र पुनम गुरुङलाई पुर्व तयारी गराई मिलाएर अन्तरवार्ता दिन लगाइएको थियो ।

सार्वजनिक सभा समारोहमा राम्रोसँग भाषण गर्न नसक्ने भएकाले अध्यक्षका प्रत्यासी गुरुङलाई अन्तरवार्ता मार्फत राम्रो बोल्न लगाउन पत्रकार अर्यालले विशेष भूमिका खेलेका थिए । एनआरएनए युके महासचिवका उम्मेदवार फडिन्द्र भट्टराईका घरमा परिवारसहित भाडामा बस्दै आएका पत्रकार अर्यालले पुनम गुरुङ समूहलाई पक्षपोषण हुने गरि समाचार प्रसारण गर्दै आएको देखिन्छ । अध्यक्षका प्रत्यासी गुरुङ र महासचिवका प्रत्यासी भट्टराई एउटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यूरोपको नेपालीपत्र डट कममा कार्यरत पत्रकार अर्याललाई चरम आर्थिक अभाव भएपछि निर्वाचनमुखी कार्यक्रम उत्पादन गरि उम्मेदवारसँग पैसा उठाइरहेका छन ।

छोटो अवधिका लागि बनाइएको एनआरएन निर्वाचन बिशेष कार्यक्रमले युकेमा कार्यरत पत्रकारको मात्र नभइ महासंघ युके शाखाको साख गिरेको प्रतिकृया एक जना पत्रकारले दिए । पत्रकारको नेताले नै समाजका अगुवासँग पेड अन्तरवार्ता गरेपछि अरुले के गर्लान उनले प्रतिप्रश्न गरे । यस्ता कार्यक्रमले केही ब्यक्तिले अार्थिक लाभ गर्लान तर संस्थाले धेरै कुरा गुमाउने उनको चिन्ता थियो ।

Comment here