प्रबाससमाचार

अव्यस्थित अवस्थालाई सुधारको पहल गर्न एनआरएनए लण्डनबाट सदस्यमा उम्मेदवारी घोषणा – सीताकुमारी पन्तको

लण्डन। १४ सेप्टेम्बरमा गैरआवसीय नेपाली संघ बेलायतको नवौं अधिवेशन हुँदैछ । अधिवेशनबाट नेतृत्वमा पुग्न धेरै उम्मेद्वारहरु आफ्नो चुनावी एजेण्डा बोकेर मतदाता समक्ष मत आफ्नो पक्षमा गर्न अनुरोध गरिरहेका छन ।

यसै क्रममा एनआरएनएलाई एउटा उदाहणिय बनाउने एजेण्डा सहित स्याङजा जन्मघर भई लण्डनमा स्थायी बसोवास गर्दै आएकी सीताकुमारी पन्तले अव्यस्थित अवस्थालाई सुधार गरी संस्थालाई बलियो र व्यस्थित बनाउने घोषणा गर्दै आफ्नो पनि यसपटक सदस्यमा उम्मेदवारी रहेको बताईन।

आफु यस संस्थामा रहेर संस्थाको विकास उत्थान र प्रगतिका लागि डटेर लाग्ने र यस भित्रहुने विभिन्न किसिमको खिचातानिलार्इृ अन्त्य गर्न लागि पर्ने बताउदै
एनआरएन विकासका लागि भनेर चुनावमा मात्रै तात्ने र अरुबेला वास्ता नगर्ने परिपार्टीलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाई छ ।

उनले एनआरएन सबैको साँझ संस्था भएकोले यसलाई व्यवस्थित रुपमा अहिलेको बदलिदो परिबेशलाई मध्यनजर गर्दै विज्ञान प्रविधिसंग परिचित भई यसको फाईदालिन संस्थामा पहल गर्ने आफ्नो एजेण्डा रहेको बताईन ।

महत्वकांक्षि एजेण्डाहरुमात्र नबनाई गरेका प्रतिबद्धताहरुलाई स्वतस्फुर्त रुपमा लागु गर्नू पर्ने भन्दै अव आफू यस विषयमा गम्भिर भएर लाग्ने र सबै तह र तप्काबाट आफ्नो उम्मेदवारी र आफ्ना समाजिक हितका एजेण्डालाई सबैले साथ समर्थन गर्नेमा विस्वस्थ भएको कुरा व्यक्त गरिन ।

Comment here