जीबनशैलीमनोरन्जन

आज हरितालिका तीज

काठमाडौँ, १६ भदौ । आज नेपाली नारीहरूको हरितालिका तीज देवाधिदेव महादेवको पूज-अर्चना गरी मनाउँदैछन् । आज बिहानैदेखि पशुपति लगायत देशैभरिका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको किंवदन्ती अनुसार हिन्दु नारीहरुले समेत व्रत वसेर महादेवको पूजा आरधना गरेर मनाउँदैछन् ।

आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने र इच्छाएको पति मिल्ने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् ।

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो ।

Comment here