समाचार

सरकारले तीनै तहमा संस्थागत भ्रष्टाचार बढायो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वमा सरकार गठन भएको डेढ वर्षमा भ्रष्टाचार संस्थागत गरेको निष्कर्ष निकालेको  छ ।

तीनै तहका सरकारले सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गर्दै जनतालाई दिनुपर्ने सेवा तथा सुविधा पनि उपलब्ध गराउन नसकेको ठहर कांग्रेसले गरेको हो ।

पार्टी केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमा सरकारका कारण जनतामा निराशा उत्पन्न हुँदै गएको जनाएको छ ।

वर्तमान कम्युनिस्ट सरकार दलाल, माफिया र कमभन्दा कम समयमा बिनापरिश्रम सम्पत्ति आर्जन गर्ने झुन्डको वरिपरि समिति भएको आरोप कांग्रेसले लगाएको छ ।

Comment here