समाचार

ढकालकाे एनआरएनए जर्मनीबाट महासचिवमा उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ जर्मनीको महासचिवमा लोकमणी ढकालले उम्मेदवारी घोषणा गरेका छन।

ढकालले गैरआवासीय नेपाली संघ जर्मनीको हेसन क्षेत्रीय कमिटी र (महिला फोरम) ले फ्रयांङफर्टमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

१५ वर्ष देखी फ्रयांङफर्डमा वसोबास गर्दै आएका ढकाल हस्पिटालिटी व्यवसायमा संलग्न छन् । स्यांङजामा जन्मिएका ढकाल जर्मनी स्थित नेपाली समुदायमा सहयोगी । अति मिलन्सार व्यक्तित्वको रुपमा परिचित छन । गैरआवासीय नेपाली संघको अभियानमा सन् २००५ देखी सकृय ढकाल यसअघि गैरआवसीय नेपाली संघ जर्मनीको, हेसन क्षेत्रीय संयोजकको जिम्मेवारी सम्मालि सकेका छन ।

उनले आफ्नो उम्मेदवारी सहित महत्वपूर्ण प्रतिवद्धताहरु सार्वजानिक गरेका छन् ।
१) उनले एनआरएनए जर्मनीको सम्पर्क कार्यालय स्थापना गर्ने ।
२) क्षेत्रीय समितिहरुलाई थप सकृय पार्दै समन्वय गरेरमा काम गर्ने ।
३) जर्मनीमा बस्ने नेपालीहरुको तथ्यांक संकलन गर्ने ।
४) एनसीसीको निर्वाचन प्रणालीलाई डिजिटाइज गर्दै अनलाइन भोटिङको व्यवस्था गर्ने ।
५) दोस्रो पुस्ताका नेपालहरुको लागि नेपाली कलासंस्कृति झल्काउने तथा खेलकुद सम्वन्धी विषेश कार्यक्रमहरु ल्याउने ।
६) एक राष्ट्रीय समिति एक लगानी कार्यक्रम अन्तर्गत जर्मनमा रहेका नेपाली समुदायको सामूहिक लगानीमा नेपालमा एक परियोजना संचालन गर्न पहल गर्ने लगायतका प्रतिवद्धता सार्वजानिक गरेका छन् ।

उनले संघका प्राय सबै क्षेत्रीय बैठक तथा अन्तराष्ट्रीय सम्मेलनमा सहभागीता जनाएका छन् । उनको नेपालमा जलबिद्युत, रियलस्टेट लगायतको क्षेत्रमा लगानी छ ।

Comment here