समाचार

नाकामा चीनले खाेज्याे सुरक्षा प्रत्याभूति

काठमाडौँ, १७ भदौ । तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ । सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ ।

२०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो । यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर गर्छन् । गृह मन्त्रालयले अध्यागमन कार्यालय भने खोलिसकेको छ ।

चिनियाँ पक्षले अध्यामगन सेवा सुचारु नगर्नुको स्पष्ट कारण भने खुलाएको छैन । नाकासहित आसपासका क्षेत्रबाट चीनविरोधी गतिविधि हुने उनीहरूको बुझाइ छ । तिब्बती शरणार्थीका ‘अवाञ्छित’ गतिविधिका कारण यो क्षेत्रलाई चीनले संवेदनशील मानेको छ। यो क्षेत्रबाट चीनविरोधी गतिविधि नहुने प्रत्याभूति नेपालले गराउनुपर्ने चीनको अडान छ । याे समाचार बजकाे अन्नपूर्ण पाेस्टमा छ ।

Comment here