एनआरएनसमाचार

एनआरएनए अध्यक्षमा समाजसेवी पन्तको उम्मेदवारी

काठमाण्डाैं । गैर आवासीय नेपाली संघको अधिवेशनको नजिँकिएसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने काम भइरहेको छ ।

लामो समयदेखि नेदरल्याण्डसमा बस्दै आएका युवा व्यवसायी एवं एनआरएनएको विभिन्न पदमा बसि समाजसेवा गर्दै आएका एनआरएनए अभियान्ता फडिन्द्र पन्तले सेप्टेम्वर ८ तारिखमा हुने एनआरएनए नेदरल्याण्डस्को अधिवेशनमा नेदरल्याण्डबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मिलनसार र मिजाशिलो स्वभावका सफल व्यवसायी एनआरएनए अभियानमा सक्रिय रुपमा लागि पर्ने पन्त भुकम्प, बाढि पहिरोको समय होस या एनआरएनएले सुरु गरेको सामाजिक कार्यमा ठुलो भुमिका खेल्दै आएका छन।

हरेक चुनौतिसंग लड्दै आफनो भुमिकाबाट पछि नहट्ने पन्तले यस पटक एनआरएनए नेदरल्याण्डसको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन।

पर्यटन प्रर्वद्धनका कुरा वुद्धको प्रचारपसार, कला संस्कृतीको जगेर्ना गर्ने अभियान, होस या लगानीसंगै नेपाल नेदरल्याण्डस सम्वन्ध, साना साना विकासे गतिविधी जस्ता महत्वपूर्ण कार्यमा पन्तको विशेष भूमिका रहँदै आएको छ ।

Comment here