एनआरएनप्रबाससमाचार

एनआरएनए एनसीसीकाे उपाध्यक्षमा खड्काको उम्मेदवारी

काठमाण्डौँ । आगामी कार्यकालका लागि जापानमा हुन गइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनमा नारायण खड्काले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन ।

लामो समय देखि जापानमा युवा खक्षित विभिन्न विकास उन्मुख कार्यक्रमहरु गर्दै आएका छन । “पारदर्शिता, सूचना र युवा शसक्तिकरणको लागि मेरो उम्मेदवारी” भन्ने मूल मन्त्रका साथ खड्का निर्वाचनमा अगाडि आएका हुन। युवाहरुको भावना र उनिहरु प्रतिको जोस जाँगरलाई कदर गर्दै सम्मान गर्ने धएकाले खड्का युवाहरुमाझ निकै लोकप्रिय छन ।

१५ बर्षअघि अध्ययनको क्रममा जापान पुगेका खड्काले सन् २००६ देखिनै एनआरएन जापानको गतिविधिमा सहभागी हुँदै आएका थिए । पेशाले इन्जिनियर खड्का समाजमा हुने गरिवी, समाजिक कुरीति तथा गलत संस्कारलाई निरुत्साहित गर्दै सामाजिक सेवा मार्फत समाज परिवर्तनमा निरन्तर सक्रिय हुनाले जापानमा निकै लोकप्रिय भएका हुन।

२०७२ को भूकम्पमाबाट प्रभावित विभिन्न जिल्लामा पुगी राहत तथा उद्धारमा सक्रिय रुपमा लागेका थिए । १ बर्ष नेपालमै बसी आफ्नो एनजीओ मार्फत ६५ वटा नीजि घर ४ वटा विद्यालको पूर्ननिर्माण खड्काकै पहल र प्रयासमा भएको थियो । गोरखा, सिन्धुपाल्चोक लगायत जिल्लामा खड्काले भूकम्पको बेला पूर्ननिर्माण अभियानमा निकै सक्रियताको साथ लागेका थिए । शिक्षा र स्वास्थ्यको विकास विना मुलुकको विकास हुन सम्भव छैन भन्ने मान्यतमा अडिग खड्का शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको पक्षमा रहेको बताँदै

समाजसेवालाई अझै सक्रियताको साथ अगाडी बढाउने उनको बाचा छ । नयाँ प्रविधि र सिप मार्फत सबैलाई आत्मनिर्भरको बाटो बनाएर मुलुकको विकासमा लाग्ने बताउँदै सम्पूर्ण जापान बासी दाजुभाई दिदिबहिनीहरु साथै अग्रजहरुको साथ सहयोग र सुझाव सहल्लाहबाट आफ्नो जित सुनिश्चित भएको बताएका छन ।

Comment here