काठमाडौँ, १८ भदौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहबीच भेटर्वार्ता भएको छ ।
मालेमा मंगलबारदेखि शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिन गएका मन्त्री ज्ञवाली र राष्ट्रपति सोलीहबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको हो ।
सो भेटवार्ताको क्रममा राष्ट्रपति सोलीह र मन्त्री ज्ञवालीबीच दुई मुलुकको पारस्परिक हितको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली नागरिकलाई माल्दिभ्समा रोजगारीका अवसर, जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्ने साझा प्रयास तथा दुवै देशका साझा सरोकारका मुद्दामा अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा सहयोग बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवाली आजै स्वदेश फर्कने कार्यक्रम छ ।
Comment here
You must be logged in to post a comment.