जीबनशैलीसमाचार

मजदुरबीच हानाहान

काठमाडौँ, १८ भदौ । कपनमा मजदुरबीच झगडा र हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति बूढानीलकण्ठ नगरपालिका वडा-१० स्थित आदर्शनगरमा घरमा टायल, मार्बल हाल्ने मजदुरबीच झगडा र हानाहान हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आपसी झगडामा संजयलाई साथीभाइले ढुंगाले हानेका थिए । उनको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न संखुवासभाका प्रेम राई र सुशांक राईलाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार बिहान कपनबाट प्रहरीले पक्राउ गरेको हो ।

Comment here