एनआरएनसमाचार

आईसीसी यूवा संयोजकमा सुदिप कार्किले उम्मेवारी दिने

काठमाण्डौँ । गैर आवासीय नपाली संघ अन्तराष्टिय समन्वय परिषद एनआरएनए आईसीसी यूवा संयोजकमा सुदिप कार्किले उम्मेवारी दिने घोषणा गरेका छन । संघको आगामी अक्टोबरमा काठमाण्डौँमा हुन गईरहेको विश्व सम्मेलनमा कार्किले उम्मेदवार दिने घोषणा गरेका हुन ।

यूवा संयोजक उम्मेदवारी घोषणासंगै नेतृत्व विकास आफ्नो प्रमूख एजेण्डा भएको कार्किले बताए । उनले विश्वभरका नेपाली यूवाको सिपलाई नेपालका यूवासम्म ल्याउने र उनिहरुसंगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना अनुसार उम्मेदवार दिन लागेको बताएका छन ।

उनले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचार गर्न र उपभोगमा ल्याउन विश्वका । हरेक कुनाबाट साथ सहयोग जुटाउनेका साथै विभिन्न मुलुकमा रहेका नेपाली कुटनितीक नियोगसंगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नलगायतका प्रतिवद्धता साथै उम्मेदवारी घोषणा गरेका हुन ।

लामो समयदेखि यूएईलाई कर्मथलो बनाउँदै आएका छन । कार्कि एनसीसी यूएईको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । एनआरएनए यूएईको २०१५- ०२७ सम्मको कार्यकालको सफल्तापूर्वक नेतृत्व निर्वाह गरेका कार्किले अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गगिरहेका छन ।
अध्यक्षमा हुँदा पञ्जिकृत सदस्य संख्या बढाउने देखि यूएईमा एनआरएनएलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका रहेको छ ।

उनलाई सबै भन्दा कान्छो एनसीसी अध्यक्षको रुपमा चिनिन्छन । अव हरेक क्षेत्रबाट यूवाका आवाजहरु ऋगाडि ल्याउने उनको विचार छ । त्यसैले आगामी चुनावमा आइसीसीको यूवा संयोजकमा आफ्नो उम्मेदावारी रहने बताएका छन ।

Comment here