प्रबाससमाचारसूचना प्रबधि

यूगान्तकारी प्रतिवद्धता सहित शहीको एनआरएनए महासचिवमा उम्मेदवारी

काठमाण्डौँ । गैर आवासीय नेपाली संघ जापानको अधिवेशन नजिक आउँदै गर्दा विभिन्न पदमा उम्मेदवारी तर्दा संगै घोषण गर्ने क्रम धमाधम भईरहेको छ ।

निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार उम्मेदवारी आव्हान पश्चात विधिपुर्बक दर्ता प्रक्रिया पुरा भई अन्तिम नामावली प्रकाशित पछिको उम्मेदवारहरुलाई मात्र आधिकारीक उम्मेदवारीको रुपमा लिईन्छ । तर आधिकारिक रुपमा उम्मेदवारी दर्ता नगरिकनै सामाजिक सञ्जालहरुमा उम्मेदवारी घोषणा भएको कुरा अनाधिकृत रुपमा सुचना सम्प्रेषण गर्ने गरेको यदाकता पाईन्छ ।

यसै अवस्थाको विचबाट वर्तमान सचिव जनकविक्रम शाहीले आगामी कार्यकालका लागि महासचिवमा लड्ने दावी गर्दै मैदानमा उत्रने घोषणा गरेका छन । मौजुदाको सचिवमा रहेर २ बर्षको कार्यवहन शकुसल रुपमा पुरा गरिसकेका उनि आफ्नो अनुभवको आधारमा थप जिम्मेवारी सहित एनआरएनए अभियानमा लाग्ने बाचा गर्दै शाहीले महासचिवमा दावाका साथ अघि सरेको बताएका छन ।

जापानबासी नेपालीहरुको सामिप्यमा रहेर हरेक सुखदुखमा साथ दिदै पाईला अघि बढाउने अभिप्रायले महासचिवको जिम्मेवारीका लागि रहेक चुनौति संग लड्न सक्ने यदि अवसर पाएमा निम्म कार्यसुची सहित जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

१) विशेष प्रणालीको व्यवस्था गरी हरेक दुई बर्षमा एनआरएनएको पुनः सदस्य बनिरहनुपर्ने झन्झटको अन्त्य गर्न ।
२) एनआरएनए हेल्पलाइनको व्यवस्था गरी अपतकालिन तथा दु्रत सहायता संयन्त्र निर्माण गर्न ।
३) निःशुल्क कानूनी परामर्श सेवाको सुरुवात गर्न ।
४) विद्यार्थी दक्ष कामदार (कुक, टे«नी भिसा तथा अन्य रोजगारमा संलग्न) नेपालीहरुका लागि बृहत सहयोगका निम्ति विशेष संयन्त्र निर्माण गर्न ।
५) आपतकालीन राहत कोषको निम्ति कोष बृद्धि समितिको स्थापना गर्न ।
६) एनआरएनए जापानको यूवा पुरस्कारको सुरुवात गर्न ।
७) एनआरएनए जापन सम्मेलनको सुरुवात गर्न ।
८) जापानको केन्द्र तथा स्थानीय सरकारसंग सम्पर्क तथा समन्वय बढाउन राजदुतावास तथा अग्रज सामाजिक अभियान्तावीच विशेष संयन्त्र स्थापना गर्न ।
९) नेपाल फेस्टिवल आयोजका प्रक्रियामा स्तरोन्तीका साथै नेपालको पर्यटन तथा साँस्कृतिक प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रको तयार गर्न ।
१०) जापानी तथा नेपालीहरुको संयूक्त सम्मेलनको आयोजना गर्न ।
११) सीप, ज्ञान तथा आविष्कार सम्विन्धि विभिन्न क्षेत्रका विशेषज्ञहरुको सहभागिता तथा दक्षता अभिबृधिमा जोड दिन ।
१२) जापानमा रहेका नेपाली खेलाडिहरुको पहिचान गरी उनिहरुको सहभागिता तथा दक्षता अभिबृद्धिमा जोड दिन ।
१३) शिक्षा स्वस्थ्य तथा सुरक्षा सम्वन्धि हरेक क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहर सञ्चालन गर्न ।
१४) नेपाली राजदुतावास तथा स्थानीय संघ संस्थाहरुबीच समन्वयका लागि स्वतन्त्र संयन्त्र तयार गर्न ।
१५) एनआरएनए क्षेत्र र केन्द्रको समन्वयका लागि प्रविधिको भरपुर उपयोगमा जोड दिन ।
१६) नेपाल भ्रमण बर्ष २०२० का लागि सहयोग तथा सुझाव समितिको स्थापना गर्न ।

Comment here