प्रबाससमाचार

नेदरल्याण्डबाट कंडेलकाे एनआरएनए अध्यक्षमा उम्मेदवारी

काठमाण्डाैँ । गैर आवासीय नेपाली संघ नेदरल्याण्डको स्थापनाकाल देखि नै संस्थागत विकासको लागि उल्लेखनिय भूमिका निर्वाह गरेका पूर्व महासचिव साथै आईसीसी सदस्यको कार्यवहन गर्दै ८ सप्टेम्वर २०१९ मा हुने एनआरएनए नेदरल्याण्डको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

विदेशमा बस्ने नेपालीहरुको अधिकार, विश्व बन्धुत्वको भावमा आफुले आर्जन गरेका ज्ञान सीप र स्रोतलाई आफ्नो मात्रि भूमिको समृद्धिका लागि एउटा ईट्टा थप्ने काम गर्न गैर आवासीय नेपाली संघले गर्दै आईरहेको साथै नेपालका लागि नेपाली भन्ने मूल मन्त्रका साथ अगाडी बढिरहेको छ । यसै विषयलाई मध्यनजर गर्दै संस्थाको मुल्य र मान्यतालाई सिरोपर गर्दै नेदरल्याण्डमा रहेका प्रमूख नेपाली संघ संस्थाहरुको प्रति निधित्व गर्दै आगामी आफ्नो कार्यकाललाई उदाहरणिय बनाउन साथै सस्थालाई उचाईंमा पुर्याउन आफ्नो उम्मेदावारी रहेको बताए ।

नेपाली व्यवसायिक संघ नेदरल्याण्डका वर्तमान अध्यक्ष रहेका कँडेल विगत १५ बर्ष देखि यहाँ बस्दै आएका छन । उनि एक सफल व्यवसायी हुन । उनको लागव र संस्थाप्रतिको उत्तरदायित्वले नेपाली जन सम्पर्क समिति र प्रवासी नेपाली एकता मञ्चको समर्थन रहेको समेत बताए ।

८ सेप्टेम्बरमा हुन गईरहेको अधिवेशनमा सम्पूलाई उपस्थितिका साथै आफ्नो उम्मेदवारीलाई सहयोग समर्थनका लागि कँडेलले अनुरोध गरेका छन ।

Comment here