एनआरएनप्रबास

रञ्जुद्वारा एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

काडमाण्डौँ । गैर आवासीय नेपाली संघको नवौं अन्तराष्ट्रिय महाधिवेशसनमा अष्ट्रेलियाबाट बासोवास गर्दै आएकी रन्जु वाग्ले थापालले आईसीसी महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन ।

शेष घलेको नेतृत्वमा हुँदा प्रवक्ताको जिम्मेवारीमा रहेकी थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन । आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाण्डौंमा विश्व सम्मेलन हुने भएको छ ।

यस अघि भूकम्प पिडीत लाप्राक नमुना बस्ती र एनआरएनए भवन निर्माण साथै भिजन ट्वान्टी ट्वान्टी आफ्नो एजेण्डा पारित गर्न महत्वपूर्ण योगदान पूर्याएकी थापा लामो समयादेखि एनआरएनमा सकृय रुपमा लागि परेकी छन ।

राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको संस्थापक महिला उपाध्यक्षको जिम्मेवारी बहन गर्दै आएकी थापाले महिला सशक्तिकरणमा विशेष पहल गर्नुको साथै विभिन्न देशमा महिला फोरम गठनमा समेत योगदान गरेकी छन ।

दुई पटक अन्तराष्ट्रिय समन्वय परिषद अन्तरगत महिला उपसंयोजक बनेकी थापाले कुरा भन्दापनि काम गरेर देखाउने खरो स्वभावको थापाले २०११- २०१२ मा एनआरएनएको महिला संयोजक र २०१३-०१५ मा सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छन ।

Comment here