एनआरएनसमाचार

एनआरएनए यूकेबाट आइसीसी सदस्यमा न्यौपानेको उम्मेदवारी

काठमाण्डाैँ । गैर आवासीय नेपाली संघ एनआरएनए का उपाध्यक्ष साथै राज्य समन्वय विभागको संयोजक लतित न्यौपाने एनआरएनए यूकेबाट आईसीसी सदस्यमा बलियो उम्मेदवारकाे रूपमा अगाडी छन ।

(एनआएनए) को अभियानमा लामो समय देखि आफ्नो दिलो ज्यानले संस्थाको मूल्य र मान्यतालाई सिरोपर गर्दै युकेको सकृय सदस्य , सह कोषाध्यक्ष, हुँदै वर्तमान उपाध्यक्ष ललित कुमार न्यौपाने बेलायतमा चिरपरिचित नाम हो ।

उनले उपाध्यक्ष साथै राज्य समन्वय विभागको संयोजक भएर आफ्नो कार्यकालकै सबै भन्दा उपलब्धि मूलक काम जो बेलायतको ४ वटा राज्यमा राज्य समन्वय परिषद बनाउन सफल भए । आगामी १४ सेप्टेम्बरमा हुने यूकेकाे निवार्चनमा आइसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन ।

उनले एनआरएनए लाई दिएको योगदान र अहिलेको चुनाबी माहोललाई हेर्दा अरूकाे तुलनामा उनको अग्रता देखिन्छ । यसकारणा न्याैपानेकाे जित सुनिश्चत भएकाे अुनमान गर्न सकिन्छ ।

विभिन्न सामाजिक संघ संस्थामा सल्लहाकार तथा अन्तरास्ट्रिय झापाली समाज ग्लोबलको उपाध्यक्ष समेत रहेका न्यौपाने नेपाली भाषा कला संस्कृतको सरक्षण र सम्बर्धनमा समेत अधिक चाँसोका साथ अगाडि बढ्छन । लामो समयसम्म बैंकको प्रबन्धक भएर काम गरेका अनुभवी न्यौपाने अहिले नेपाल र बेलायतमा आफ्नै बिबिध व्यवसायमा संगलग्न छन ।

सबैको चासो र सरोकार रहेको यो गौरवशाली संस्थालाई आफुले जानेका सिकेका कुराहरुलाई उपयोग गरी थप उचाईंमा लैजान आइसीसी सदस्य पदमा गएर गर्ने आफ्ना केहि संक्षिप्त प्रतिबद्द्ताहरु प्रस्तुत गरेका छन ।

१, एनआरएनएमा सिन्डिकेट र टिके प्रथा हटाई सबैको साँझा एनआरएनए बनाउन प्रयास गर्ने ।
२, नागरिकता ,गोर्खाज लगायत अन्य एनआरएनए मैत्री कानूनहरुको निर्माण गराउँन प्रयास गर्ने ।
३, महिला, युवा तथा नयाँ पिंडिलाई एनआरएनएको मूलधारमा ल्याउँन विविध योजना बनाई कार्यन्वयन गर्ने
४, एनआरएनएलाई आर्थिक रुपले आत्मनिर्भर र पारदर्शी बनाउन प्रयास गर्ने ।
५, एनआरएनएको निशूल्क सदस्यता वितरण गर्ने योजना ल्याई बिकृति हटाउँन लागि पर्ने ।
६,बिदेशमा सिकेको ज्ञान, सिप र पूँजीबाट नेपालको बिकासमा ठोस योगदान पुर्याउने ।
७, एन आर एन ए को पंजीकृत सदस्यहरुको रेकर्ड र निर्वाचन समेत गराई पूर्ण रुपले डिजिटल बनाउने ।

Comment here