एनआरएनसमाचार

एनआरएनए जर्मनीबाट मोक्तानको अध्यक्षमा उम्मेदवारी

काठमाण्डौं । गैरआवासीय नेपाली संघ जर्मनीमा १४ सेप्टेम्बरमा हुँने निर्वाचनमा विजय मोक्तानले अध्यक्षपदमा उम्मेदवारी दर्ता गराएका छन ।

एनआरएनए जर्मनिलाई स्वच्छ, निष्पक्ष र पार्दर्शिताको लागी ईमान्दार भइ कार्य गर्ने प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी रहेको मोक्तानले बताएका छन । उनले सबैमा आभार प्रकट गर्दै सुझाव सल्लाह साथै समर्थनका लागि अनुरोध समेत गरेका छन ।

आदरणिय जर्मनी निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई हार्दिक नमस्कार ,
म पुन: तपाईंहरुको साथ र सहयोगको भर बिश्वास लिएर गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षको पदमा उम्मेदवार बनेको छु।

बिगतमा जस्तै यहाँहरुले दिएको सद्भावपुर्ण माया र भर बिश्वासले आफ्नो अमुल्य अभिमत दिएर गैर आवासीय नेपाली संघ जर्मनिलाई स्वच्छ, निष्पक्ष र पार्दर्शिताको लागी ईमान्दार भइ कार्य गर्ने प्रतिबद्धता दोहोराउद छु। पुराना कार्यहरुको निरन्तरता र केही नया कार्य योजनाहरु लिएर आएको छु। यी सबै कार्ययोजनाहरुको कार्यान्वयन गर्न फेरी एक पटक मेरो पक्षमा १४ सेप्टेम्बर हुन गईरहेको गैर आवासीय नेपाली संघ जर्मनीको निर्वाचनमा मलाई मतदान गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु।

हामीले सोचे जस्तो धेरै गर्न नसके पनि एउटा ऎतिहासिक निर्वाचित कार्यसमितिभित्र बिभिन्न बिचारको आस्था, क्षेत्र, लिङ्ग, धर्म र जातजाती तथा समुहहरुको प्रतिनिधित्व रहेको थियो। मेरो नेतृत्वले कहिले पनि असजिलो परिस्थिति उत्पन्न हुन दिएन।

हामी सबै नयाँ दिशाबाट अगाडी बढनु पर्ने भएकोले समयमै धेरै सोचेका चाहेका कार्यहरु गर्न सकिएन तसर्थ अधुरा कार्यहरूलाई निरन्तरता दिन्दै केही नयाँ कार्ययोजनाहरु गर्न पुन: म यस पटक पनि गैर आवासिय नेपाली संघ जर्मनीको अध्यक्ष पदमा तपाईंहरुकै साथ भरोसाको न्याँनो मायाको विश्वासमा उम्मेदवार बनेको छु । मलाई एक पटक फेरी मौका दिन सबैलाई हार्दिक अनुरोध गर्दछु।

विजय मोक्तान
निबर्तमान अध्यक्ष तथा
आगामी कार्यकाल २०१९-२०२१ अध्यक्ष का उम्मेदवार ( Germany)

Comment here