प्रबाससमाचार

साउदीकाे सातौं अधिवेशनबाट तेज बहारदर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

साउदी अरव । गैर आवासीय नेपाली संघ साउदी अरवको सातौं अधिवेशनबाट तेज बहारदर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ ।

समितिको बरिष्ट उपाध्यक्षमा धुर्व कुमार रिजालल, उपाध्यक्षहरुमा विशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ र भोला नाथ पौडेल, महासचिवमा उमेश भट्टराई, कोषध्यक्षमा सन्तोष लुईटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रविना अर्याल यूवा संयोजकमा राज कुमार श्रेष्ठ निर्वाचित भएका छन । एक उपाध्यक्ष र एक सहकोषध्यक्षको पद भने रिक्त रहेको छ ।

सदस्यहरुमा बालकृष्ण पंगेनी, भक्तविर साई, नरेन्द्र बहादुर कार्की, विष्णु प्रसाद पोखरेल, रामजतन यादव, मुकेश कुमार सिँह, चन्द्रमणी भण्डारी, सत्यनायणी केसी, मनिस कोईराला, विष्णु प्रसाद न्यौपाने, रम बहादर क्षेत्री र कर्ण विर थापा निर्वाचित भएका छन । आइसीसी सदस्यमा भने दुई जनाको उम्मेदवारी परेपछि यहि १३ सेप्टेम्बरमा निर्वाचन तोकिएको छ ।

आईसीसी सदस्यहरुमा नारायण पासवान, र उषा न्यौपाने (केसी) को उम्मेदवारी परेको छ । कार्यक्रममा आईसीसीको तर्फबाट अध्यक्षको उम्मेदावार कुमार पन्त सहभागि थिए । निर्वाचित नयाँ कार्य समितिलाई आईसीसी उपाध्यक्ष कुमार पन्तले शपथ खुवाएका गिए ।

Comment here