एनआरएनसमाचार

एनआरएनए जापानबाट वरिष्ठ उपाध्यक्षमा खत्रीको उम्मेदवारी दार्ता

 

काठमाण्डौं । एनआरएनए जापानको अगष्ट ८ तारिखमा हुने निर्वाचनको लागि वर्तमान उपाध्यक्ष सरोज कुमार खत्रीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दार्ता गरेका छन ।

सत्य समाज रूपान्तरण बौद्धिकता को पहल ।
आऊनुस हातेमालो गरौ एकतामै छ बल ।। मूल नाराका साथ समावेशीताका आधारमा अहिलेको परिवेशमा केहि गर्न नयाँ जोश जाँगर चाहिने र जापानको आगमि नेतृत्वमा यूवा बर्गा आउनुपर्ने भन्दै आपनो उम्मेदवारी दिएको बताएका छन।

जापानवासी नेपालीहरुको अनुरोध र भावानाई कदर गर्दै उनले वरिष्ट उपाध्यक्षमा दावि गरेका हुन । उनले गयए दिनहरुमा जसरी जापानबासी नेपालीहरुले साथ सहयोग गरेका छन । त्यसरिनै अँझ पनि पाउनेमा विस्वस्त रहेको भन्दै यो सामाजीक अभीयानहो, यसैबाट विभिन्न सामाजिक कार्यहरु संगै एनआरएनएलाई हाम्रो र राम्रो बनाउन सदावाहर लागिरहने कुरा व्यक्त गरे ।

उनले सम्पूर्णलाई आफ्नो कार्यको निरन्तरताको शक्ती बनिदिएकोमा जापानबासी नेपाली दाजुभाई दिदीबहीनीहरु , पत्रकार मित्रहरु , ब्यबसायीहरु , विधार्थी साथीहरु र अग्रजहरुमा धन्यबादसहीत फेरीपनी निरन्तर साथ, सहयोग साथै माया पाईरहनेमा विस्वस्थ रहेको बताए ।

Comment here