टोकियो । गैर आवासीय नेपाली संघ जापानका महासचिव बुद्धिराज घिमिरेले पून: महासचिवममै उम्मेदवारी दर्ता गराएका छन ।
कान्तो क्षेत्रको सचिव हुँदै एनआरएनए जापानको महासचिव भएका घिमिरे आफ्ना गर्न बाँकी कार्यभार सम्हाल्दै जापान बासी नेपालीहरु संगको सम्वन्धलाई कसिलो बनाउन आफूले फेरिपनि महासचिवमानै उम्मेदवारी दर्ता गरेको बताए ।
एनआरएनएमा अथक परिश्रम गरि निरन्तर विकास र उन्नतीको खातिर लागिरहने उनले जापानको बसाईंमा विभिन्न व्यवसाय गर्दै दर्जन बढी संघ संस्थाहरुमा नेतृत्वदाई भूमिका खेल्दै आएका छन । घिमिरेले ११ बुँदे कार्ययोजना सहित आफ्नो उम्मेदवारी दर्ता गरेका हुन ।
१) नयाँ सांगठनिक संरचना लागू सहित क्षेत्रीय समितिहरुको विस्तारपछि भएको कार्य विभाजनलाई लागू गर्दै केन्द्र र क्षेत्रविचको सम्बन्ध विस्तारको बाँकी कार्यभार पूरा गर्ने ।
२) एनआरएनए जापनलाई दिगो गति दिनका लागि आयामुलक तथम सेवामुलक कार्य विस्तार ।
४) जापानमा नेपालको पर्यटन प्रर्वधनका लागि नेपाल सरकार पर्यटन मन्त्त्रनलय र पर्यटन बोर्डसैगको समन्वयमा एनआएनए जापानको कार्यकालबाटै पर्यटन र प्रवद्र्धनको सुचना उपलब्द विषय विज्ञ स्रोत व्यक्ति तय ।
४) नेपाल पर्यटन बर्ष २०२० र २०२० टाकियो ओलम्पिकलाई जोडेर र नेपालको पर्यटन प्रचारमा समन्वय र सहकार्य गर्ने ।
५) बिदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सर्वोच्चले दिएको आदेश कार्यन्वयनको लागि एनआरएनए मार्फत पहलकदमी ।
६) विदेशमा अलपत्र बेवारिसे तथा मृत्यु भएका व्यक्तिको उद्यार गरि नेपाल लैजान सरकारी संलग्नता सुनिश्चित गर्न विदेश जाने समयमै निश्चित शुल्क लिएर नेपाल सरकारले जिम्मेवारी लिन दुतावास तथा एनआरएनए मार्फत पहल गर्ने ।
७) क्षेत्रिय एनसीसीसंग समन्वय र सम्वन्ध विस्तार ।
८) नेपाल फेस्टिवल लगायत नेपाली प्रमूख चाडपर्वहरु तथा विशेष अवसरमा गरिने कार्यक्रम आयोजना एनआरएनए एनसीसी जापान र क्षेत्रिय समितिहरुले सहकार्य गर्ने ।
९) विषय विशेषज्ञहरुको विज्ञताबारे संकलन गरिएको तथ्यांकलाई विज्ञता अनुसार जापानमा रहेका नेपालीको हित सहित समृद्धि नेपाल निर्माणमा सहयोग िबन्ने गरि कार्यक्रम तया गर्ने ।
१०) विद्यार्थीहरुको अध्ययन तथा रोजगारमा सघाउन विद्यालय छनौट, भिष परिवर्तन तथा आवश्यक परामर्श सेवालाई थप विस्तार गर्दै क्षेत्रिय समितिलाई सहभागी गराउने ।
११) स्वस्थ्य परिक्षण तथा परामर्श सेवालाई थप विस्तार गर्दै क्षेत्रहरुमा नियमित कार्यक्रम आयोजना गर्ने ।
Comment here
You must be logged in to post a comment.