खेलकुदसमाचार

हारेको नेपालले बंगलादेशविरुद्ध व्याटिङ गर्ने

काठमाडौं- श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको आजको खेलमा नेपालले बंगलादेशविरुद्ध व्याटिङ गर्ने भएको छ ।

कोलम्बोमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको हो । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

बंगलादेशसँग आज नेपाल पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । पहिलो खेलमा बंगलादेशले युएईलाई पराजित गरेको थियो ।

श्रीलंकाले युएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र युएई प्रतियोगिबाट बाहिरिने छन् ।
पहिलो खेलमा बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

पछिल्लो पाँच खेलको हेड टु हेडमा बंगलादेश बलियो रहेको छ । पाँच भेटमा बंगलादेशले ४ खेल जितेको छ । एक खेल भने वर्षाको कारण नतिजा विहिन भएको छ ।

Comment here