एनआरएनसमाचार

न्यौपानेकाे एनआरएनए इङ्गल्याण्ड राज्य समितिको सदस्य पदमा उम्मेद्वारी

गैर आवसिय नेपाली संघ वेलायतको आगामी २०१९- ०२१ को कार्यसमिति चयन को लागि यहि सेप्टेम्बर १४ तारिख निर्वाचन हुँदैछ।

यसै सिलसिलामा लायन्स क्लब अफ लण्डन हेन्डन का अध्यक्ष श्री प्रकाश न्यौपानेले आफ्नो उम्मेद्वारी दिएका छन। उनले इङ्गल्याण्ड राज्य समितिको सदस्य पदमा आफ्नो उम्मेद्वारी दिएका हुँन।

पर्वत जिल्ला बिहादी बराचौर जन्मेका न्यौपाने पर्वत वेलफेयर सोसाइटी युकेको वर्तमान सचीव तथा प्रवक्ता हुन।

पश्चिम लण्डनको हेयजमा परिवार सहित बस्ने उनी एक दसक बढी बेलायतमा बस्दै आएका छन। नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन गर्न, नेपाली राजदुतावास बेलायतले उनलाई सामाजिक संजाल समन्वयन परिषदमा सचीवको जिम्मेवारी दिएको छ।

यथार्थ बोल्ने न्यौपाने निर्वाचित हुने उच्च पदाधिकारीलाई निर्वाचन अगाडि गरेका प्रतिबद्धता कार्यन्वयन गर्न जानकार गराउन र समयमा समापन गराउन आफ्नो उम्मेद्वारी रहेकाे बताएका छन।

Comment here