एनआरएनसमाचार

जापानको अध्यक्षमा देवीलाल भण्डारी विजयी

टाेकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देवीलाल भण्डारी विजयी भएका छन । भण्डारीले ५८५ मत प्राप्त गर्दै निर्वचित भएका हुन। भण्डारीका निकटतम प्रतिद्वन्दि लामाले ५५३ मत प्राप्त गरे ।

पाँच जनाको उेदवारीमा एक जनाको उम्मेदवारी फिर्ता लिएकोमा चार जनाको रद्रध भएको थियो । कुल २५५५ मतदाता रहेको जापानमा १६२३ मत खसेको थयो । अध्यक्षाका अर्का उम्मेदवार शिव प्रसाद पौडेलले २४० र दिनेश कुमार गुङले २३३ मत प्राप्त गरे । आइससी सदस्यहरूमा तुलसी राम खरेल र डिपी कँडेल निर्विरोध निर्वाचित भएका छन ।

बरिष्ठ उपाध्यक्षमा अनिता गुरूङ निर्वाचित भएकी छन । गुरूङ (लामा) ले ८८२ मत प्राप्त गर्दै बरिष्ठ उपाध्यक्षमा भएकी हुन ।महिला उपाध्यक्षमा सविता श्रेष्ठ निर्विरेध भएकी छन । उपाध्यक्षहरुमा लक्षमण बरियाल, लक्ष्मी बानिया,ँ, र नारायण खड्का निर्विरोध निर्वाचि भएका छन । यूवा उपाध्यक्षमा नविन निउरे निर्वाचित भएका छन । क्षेत्रीय उपाध्यक्षमा भने दिपक केसी ६१ मत प्रप्त गर्दै निर्वाचित भएका छन ।

त्यस्तै महासचिवमा जनक विक्रम शाहीले ६९२ मत प्रपाप्त गर्दै विजयी भए । क्षेत्रीय सचिवमा विकास बस्नेत ६९ मत प्राप्त गर्दै निर्वाचित भएका छन । सचिवमा टिका राम खरेल, विष्णु प्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन । कोष अध्यक्षमा कालिका थापा निर्विरोध निर्वाचीत भईन भने सह कोषाअध्यक्षमा सचिन श्रेष्ठ ९९८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । यूवा संयोवजकमा राम थापा ८८७ मत प्राप्त गर्दै निर्वाचित भए । महिला संयोजकमा पनि संगिता अधिकारी निर्विरोध भईसकेका छन ।

कार्य समिति सदस्यहरु आठ जनामा राजेश खनाल ६६३ मत, सुरेन्द्र घिसिङ ८०० मत, बाबुराम खरेल ६१५ मत, महेश कुमार कटुवाल ५४५ मत, दिल राम गैरे ६२७ मत, सिबू थापा ५९७ मत, जीवन कुमार गरुङ ६३४ मत, ल्याएर निर्वाचित भएका छन । भने एक महिला सदस्यमा अञ्नु भण्डारी निर्विरोध निर्वाचित भएकी छन ।

Comment here