काठमाण्डौं गैर आवासीय नेपाली संघ केन्याको सेप्टेम्वर ८ तारिकमा सम्मपन्न निर्वाचनबाट सुरज डुमरे अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका छन ।
आफ्नो जीतलाई केन्याबासीको जीत भएको भन्दै आगामी दिनहरुमा आफू प्रति गरेको स्नेह, प्रेम र पूर्ण विश्वासलाई कुुनै पनि हालतमा नविर्षिने प्रतिवद्धता गरे ।
उनले सम्पूर्ण केन्याबासीलाई आभार प्रकट गर्दै साथ सहयोग गर्ने नगर्ने सबैलाई धन्यवाद दिएका छन ।
आदरणीय सम्पूर्ण केन्यामा रहने दाजुभाइ दिदीबहिनी हरुमा हार्दिक अभिवाद्न साथै नमस्कार ।
उपरोक्त सम्बन्धमा सेप्टेम्वर ८ तारिखमा भएको गैर आवसिय नेपाली संघको निर्वाचनमा तपाईं हरु सम्पुर्णले माया, प्रेम ,स्नेह विश्वास को साथ तपाईंहरु को अमुल्य भोट दिई भारी मतले अध्यक्ष जस्तो गरिमामय पदमा जिताउँनु भएकोमा धन्यवाद प्रकट गर्दै काँधमा ठुलो जिम्मेवारी सुम्पिनु भएको छ ।
तपाईंहरुको अदम्य प्रेम , स्नेह , विश्वासलाई कहिले निरासामा परिवर्तन हुन दिने छैन । वाचा गर्न चाहन्छु मेरो कार्यकाल सफल हुन तपाईं हरुको सल्लाह, सुझाव, सहयोग बिना अपुरो हुने हुँदा हजुरहरुको सल्लाह सुझाव ,सहयोग को एकदम आवश्यक ठान्दै सहयोगको लागि विनम्र अनुरोध गर्दछु।
तर्सथ फेरि सम्पुर्णलार्इ धन्यवाद दिँदै जसरी विगत दिनमा हजुर को सहयोग ,सल्लाह , सुझावले गैर आवासीय नेपाली संग केन्यालाई उच्च स्थानमा राख्न सफलहुन सकियो नेपालीहरु विच को स्नेह प्रेम सम्बन्ध राख्न सकियो फेरि भविष्यमा पनि हजुर बाट यहि अपेक्षा राख्दछु।
सुरज डुमरे
अध्यक्ष
गैर आवासीय नेपाली संघ केन्या
Comment here
You must be logged in to post a comment.